Comments Add Comment

चिकित्सा शिक्षासम्बन्धी न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्न डा. केसीको माग

फाइल फोटो

२३ माघ, काठमाडौं । डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । आयोगले केही दिनअघि प्रतिवेदन बुझाएको जानकारी पाएको भन्दै केसीले उक्त प्रतिवेदन सार्वजनिक गर्न र सिफारिस कार्यान्वयन गर्न माग गरेका हुन् ।

आयोगले फर्जी मेडिकल कलेज सम्बन्धन प्रकरणमा त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारलाई बर्खास्त गर्ने तथा कार्यकारी परिषद्का अन्य सदस्यहरुलाई समेत कारवाही गर्ने सिफारिससहित प्रतिवेदन बुझाएको आफूले जानकारी पाएको उनले बताएका छन् ।

केसीले मंगलबार विज्ञप्ति  जारी  गरी आयोगको प्रतिवेदन सार्वजनिक गरेर सबै दोषी पदाधिकारीहरुलाई सिफारिस अनुसार कारवाही गरेर जवाफदेहिता स्थापित गर्न ध्यानाकर्षण गराएका छन् । उनले न्यायालयको मर्यादा राख्न तथा निष्पक्ष न्याय सम्पादन सुनिश्चित गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिनुको विकल्प नभएको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment