२३ माघ, काठमाडौं । ओपोले विभिन्न उत्सव, चाडपर्व लगायतको अवसर पारी आफ्ना फोनका विभिन्न मोडलमा आधारित लिमिटेड एडिसन स्मार्टफोन सार्वजनिक गर्दै आइरहेको छ । यस पटक भ्यालेन्टाइन्स् डेको अवसर पारेर कम्पनीले ओपो एफफाइभको ड्यासिङ ब्ल्यू एडिसन नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
अहिले सम्म सार्वजनिक गर्ने निश्चित मितिको निक्र्यौल भई नसकेको भएतापनि ओपो एफफाइभ ड्यासिङ ब्ल्यू भ्यालेन्ट्यान्स् डेको अवसर पारेर नेपाली बजारमा उपलब्ध गराउने सम्भावना प्रबल रहेको छ । कम्पनीका अनुसार नीलो रंगले प्रेमको पवित्रताको प्रतिनिधित्व गर्छ ।
यही कारणलाई दृष्टिगत गर्दै कम्पनीले यस पटक भ्यालेन्टाइन्स् डेका लागि नीलो रंगको छनोट गरेको बताइएको छ । फोनको पछिल्लो भागमा (रिफ्लेक्टिव) टल्किने प्यानलको प्रयोग गरिएको छ । यो प्यानलमा प्रकाश पर्दा यसले ऐनाको झैँ गुण प्रदर्शित गर्छ ।
फोनका विशेषताको कुरा गर्दा, एफफाइभ ड्यासिङ ब्ल्यू एडिशनको स्पेक्स कम्पनीको पछिल्लो संस्करण एफफाइभसंगै मिल्दो जुल्दो हुनेछ । स्मार्टफोनमा १८ः९ एस्पेक्ट रेसियो र २.५डी कभ्र्ड ग्लास सहितको ६ ईञ्चको फुलएचडी+ डिस्प्ले उपलब्ध गरिएको छ । प्रयोगकर्तालाई चलाउँदा सहजताको अनुभव दिने सोचका साथ फोनमा पर्याप्त मेमोरी स्पेक्स सहित ओपोको कलर ओएस ३.२ सञ्चालन प्रणालीको प्रयोग गरिएको छ ।
फोनमा २ ओटा नानो कार्ड र एउटा टीएफ कार्ड एकै साथ प्रयोग गर्न सघाउने सोचका साथ टि्रपल स्लोट ट्रेपनि उपलब्ध गरिएको छ ।
फोनमा प्रयोग गरिएको ओक्टा-कोर सीपीयू प्रोसेसरले कम उर्जाको खपत गर्दै ताप उत्सर्जनमा कमी ल्याउनुका साथै सुदृढ तथा तिब्र कार्य प्रदर्शन गर्छ (पछिल्लो कलर ओएस भर्जन्स्का तुलनामा यसले ४० प्रतिशत तिब्र कार्य प्रदर्शनी क्षमता राख्छ) ।
कम्पनीले अहिले सम्म ड्यासिङ ब्ल्यू एडिशनमा ४ वा ६ जीबी र्याम तथा ३२ जीबी वा ६४ जीबी रोम कुन भर्जनमा सार्वजनिक हुन्छ भन्ने जानकारी सार्वजनिक गरेको छैन । तथापी, ड्यासिङ ब्ल्यू उडिशन ४ जीबी र्याम र ३२ जीबी रोमका साथमा सार्वजनिक हुने प्रबल सम्भावना रहेको छ ।
उपकरणको प्रमुख विशेषताका रुपमा यसमा रहेको क्यामेरा सेटपअ हो । कम्पनीले फोनमा १६ मेगापिक्सेल क्षमताको रियर फेसिङ शुटर र सेल्फीका लागि २० मेगा पिक्सेल क्षमताको सेल्फी क्यामेराको ब्यवस्था गरेको छ । यो सेटअपलाई थप विशेष तथा उपयोगी बनाउने सोचका साथ क्यामेरामा कम्पनीले ओपोको एआई ब्यूटी रिकग्निसन प्रविधिको प्रयोग गरेको छ ।
यो प्रविधिले सेल्फीमा रहेका विषयका लागि विशेष ब्यक्तिगत तवरमा ब्यूटिफिकेशन उपलब्ध गराउँछ । फोनको दैनिक प्रयोगमा ब्याट्रीका कारण समस्या नआओस् भन्ने सोचका साथ यसमा ३ हजार २ सय एमएएच क्षमताको नन् रिमुभेवल ब्याट्री जडान गरिएको छ । सफ्टवेयरको कुरा गर्नुपर्दा ओपो एफफाइभमा कम्पनीले एण्ड्रोइड ७.१.१ नोउगाटको प्रयोग गरेको छ ।
मूल्य र उपलब्धता
ड्याशिङ ब्ल्यू एडिसनको मूल्यका बारेमा तत्काल कुनै जानकारी प्राप्त भइसकेको छैन । तथापी, यसको बजार मूल्य ओपो एफफाइभकै हाराहारीमा हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4