
२३ माघ, काठमाडौं । माल्दिभ्सका पूर्वराष्ट्रपति मोहमद नाशीदले आफ्नो देशमा उत्पन्न राजनीतिक संकटमा हस्तक्षेप गर्न भारत र अमेरिकालाई आहृवान गरेका छन् ।
माल्दिभ्समा राष्ट्रपति अब्दुल्ला यामीनले संकटकालको घोषणा गरेका छन् भने प्रधानन्यायाधीश पक्राउ परेका छन् ।
निर्वासित पुर्वराष्ट्रपति नाशीदले भने सेनासहित दूत पठाउन भारतलाई आग्रह गरेका छन् । समाजिक सञ्जाल ट्वीटरमा उनले माल्दिभ्सका जनताको तर्फबाट भन्दै न्यायाधीश र राजनीतिक बन्दीको रिहाइका लागि सेनासहित दूत पठाउन भारतलाई भनेका हुन् । साथै सहयोग रोक्न अमेरिकालाई आग्रह गरेका छन् ।
सर्वोच्चले राजनीतिक बन्दीहरुलाई रिहा गर्न आदेश दिएको छ । तर, राष्ट्रपतिले आदेश कार्यान्वयन नगर्न सेनालाई निर्देशन दिनुका साथै संकटकाल लगाएका छन् ।
संकटकाल लागू भएको केही घन्टामै प्रधानन्यायाधीश अब्दुल्लाह साइद र न्यायाधीश हली हमिद पक्राउ परेका छन् ।
On behalf of Maldivian people we humbly request:
1. India to send envoy, backed by its military, to release judges & pol. detainees inc. Prez. Gayoom. We request a physical presence.
2. The US to stop all financial transactions of Maldives regime leaders going through US banks.— Mohamed Nasheed (@MohamedNasheed) February 6, 2018
प्रतिक्रिया 4