+
+
Shares

पाकिस्तानी मिडियाले भ्यालेन्टाइन डेको सामग्री छाप्न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २८ गते १०:५१


‘भ्यालेन्टाइन डे’ धेरै मुलुकमा पछिल्लो समय राष्ट्रिय पर्व जस्तो बन्न पुगेको छ । पश्चिमा मुलुकका युवायुवती मात्रै होइन, वृद्धसमेत यस्ता पर्वको रौनकमा रमाउन थालेका छन्

तर, पाकिस्तानको एक अदालतले भ्यालेन्टाइन डेका अवसरमा प्रेमसँग सम्बन्धित कुनै पनि सामग्री प्रशारण नगर्न सञ्चारगृहलाई आदेश दिएको छ ।

टेलिभिजन, रेडियो र पत्रपत्रिकालाई भ्यालेन्टाइन डेको प्रमोसनजन्य सामग्री प्रशारण नगर्न आदेश दिएको छ । ‘भ्योलेन्टाइनलाई प्रमोशन गर्ने खालका कुनै पनि सामग्री मिडियाले प्रमोशन गर्न पाउने छैनन् ।

गएको वर्ष पाकिस्तानको अर्को अदालतले भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध लगाएको थियो । पाकिस्तानको इस्लामिक र दक्षिणपन्थी (राइट विंग) विचारवाट प्रभावितहरुले भ्यालेन्टाइन डेलाई एउटा भद्दा पर्वको रुपमा व्याख्या गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?