+
+
Shares

डडेल्धुराको आलितालमा रहेको एनसेल टावरमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १ गते ११:३३
प्रतीकात्मक तस्वीर

१ फागुन, डडेल्धुरा । जिल्लाकाे आलिताल गाउँपालिका–२, काफलीमा रहेको एनसेल टावरमा आगलागी भएको छ। गएराति सवा ९ बजेको समयमा टावरमा आगो लागेको हो ।

आगलागीबाट टावरमा रहेको जेनेरेटर पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक (इनिस्पेक्टर) खगेन्द्र साउदले जानकारी दिए ।

उनका अनुसार, टावरमा आगजनी कसले गर्यो भन्ने खुलेको छैन । ‘टावरमा कार्मचारी कोही पनि नभएको समयमा आगो लागेको छ,’ उनले भने, ‘टावर हेर्ने चौकीदार पनि ५ बजे नै घर गएको रहेछ । कसले आगो लगाएको हो भन्ने खुलेको छैन्।’

एनसेलको टावरमा आगजनी भएपछि अहिले यस क्षेत्रका हजारौं प्रयोगकर्ता मारमा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?