+
+

प्रदेश ४ को पहिलो निर्णय : दुई वर्षभित्र घरघरमा विजुली

अमृत सुवेदी अमृत सुवेदी
२०७४ फागुन ४ गते १३:०९

४ फागुन, पोखरा । प्रदेश ४ को पहिलो मन्त्रिपरिषद् बैठकले उज्यालो प्रदेश अभियान घोषणा गरेको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार सपथ लिए लगतै रामशरण बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गरे ।

मन्त्रिपरिषद्को बैठकले प्रदेश ४ लाई उज्यालो प्रदेश बनाउन आगामी २ वर्षभित्र सबै गाउँ र वस्तीमा विद्युत सेवा पुर्‍याउने निर्णय गरेको छ ।

५ वर्षभित्र सुविधासम्पन्न सम्मेलन केन्द्र बनाउने तथा क्यान्सर, मुटु र मिर्गौला उपचार गर्ने अस्पताल सञ्चालन गर्ने पनि निर्णय लिएको छ ।

प्रत्येक स्थानीय तहको केन्द्रलाई प्रदशे राजधानीमा जोड्ने, आगामी २ वर्षमा प्रत्येक गाउँमा खोनेपानी सेवा पुर्‍याउने र स्थानीय तहसँग सहकार्य गरेर बहुसांस्कृतिक गाउँ स्थापना निर्णय भएको छ ।

प्रदेश सरकारको कारकारबाहीलाई छिटो छरितो चुस्त बनाउन विद्युतीय सुशासनमा जोड दिएइको मन्त्री बस्नेतले जानकारी दिए ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले आगामी ५ वर्षमा प्रदेशमा सुविधासम्पन्न खेलमैदान बनाउने निर्णय पनि गरेको छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?