५ फागुन, काठमाडौं । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको आज शपथग्रहण हुँदैछ । प्रदेश ७ का प्रमुख मोहनराज मल्लले शनिबार दिउँसो ३ बजे आफ्नै कार्यकक्षमा उनलार्इ पद तथा गोपनीयताको शपथ गराउँदैछन् ।
भट्ट बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । भट्टलाई ३५ जना सांसदको समर्थन छ ।
प्रदेश मुख्यसचिव लक्ष्मीराम पौडेलले दिउँसो ३ बजेका लागि शपथ तय भएको जानकारी दिए ।
मुख्यमन्त्रीको शपथलगत्तै सरकार विस्तार गर्ने बताइए पनि अहिलेसम्म मन्त्रीको नाम टुंगो लागेको छैन । प्रदेशमा रहने ७ मन्त्रालयमध्ये एमालेले ५ र माओवादीले २ लिनेगरी भागबण्डा भइसकेको छ । तथापि, दुवैले मन्त्री टुंग्याउन सकेका छैनन् । खासगरी एमाले संसदीय दलको नेतामा विवाद छ । विवाद बढेपछि दलको नेता छान्ने जिम्मा एमाले उपाध्यक्ष तथा प्रदेश ७ का एमाले संयोजक भीम रावललाई दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4