Comments Add Comment

सांसद बनाउन माग गर्दै सर्वोच्च पुगे पूर्वमन्त्री सिंह

फाइल फोटो

६ फागुन, काठमाडौं । सांसद बनाउन माग गर्दै पूर्वमन्त्री प्रेमबहादुर सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

पूर्वकानुनमन्त्री समेत रहेका सिंह अध्यक्ष रहेको समाजवादी जनता पार्टीले माओवादी केन्द्रको चुनाव चिहृन लिएर निर्वाचनमा भाग लिएको थियो । सिंह माओवादीको समानुपातिक सांसदको बन्दसूचीमा पिछडिएको क्षेत्रतर्फ पहिलो नम्बरमा थिए ।

तर, माओवादीले समानुपातिकतर्फ जम्मा १७ सिट पायो, जसमा १६ महिला पठाउनुपर्ने भयो । एक मात्र पुरुष पठाउन पाउने भएपछि माओवादीले हितराज पाण्डेको नाम पठायो ।

आयोगले क्लस्टर नमिलेको भनेपछि अपाङ्ग कोटाको पहिलो नम्बरमा रहेका चुडामणि खड्का सांसद बनेका छन् ।

सिंहले भने पिछडिएको क्षेत्रबाट दलले प्राप्त गरेको सिट संख्याको कम्तीमा ४.३ प्रतिशत प्रतिनिधित्व हुने गरी संख्या निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था रहेको तर, आयोग र माओवादीले त्यसको उल्लंघन गरेको भन्दै सर्वोच्चमा रिट हालेका छन् ।

उनले आफूलाई समानुपातिक सांसदमा विजयी भएको घोषणा गर्न परमादेशको माग गरेका छन् । मुद्दाको पेशी ११ गतेलाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment