Comments Add Comment

प्रेमिकासँग लगनगाँठो कस्ने तयारीमा बरुण धवन

बलिउडमा पछिल्लो पुस्ताका सफल अभिनेता बरुण धवनले घरजम गर्ने तयारी गरेका छन् । आफ्नी गर्लफ्रेन्ड नताशालाई यही साल उनले दुलही बनाएर भित्र्याउन लागेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो जोडीले २०१८ को मध्यतिर विवाह गर्न सक्छ । यसैको तयारीका लागि बरुण आफ्नो नयाँ घरमा सिफ्ट भएको बताइन्छ । केही दिनअगाडि उनीहरु छुट्टमिा थिए । सार्वजनिक रुपमा आफूहरुबीचको अफेयर कबुल गरिनसकेको भए तापनि उनीहरु धेरैपटक सँगै भेट्टएिका छन् ।

त्यसो त पछिल्लो समय उनीइहरुबीच ब्रेकअपको हल्ला व्यापक भएको थियो । नताशासँग टाढिएर बरुण अभिनेत्री आलिया भट्टसँग हिमचिम बढाउन थालेको खबर सार्वजनिक भएका थिए । तर, यो झूटो सावित भएको छ ।

बरुण अहिले फिल्ममा निकै व्यस्त छन् । अपि्रलमा उनको फिल्म ‘अक्टुबर’ रिलिज हुँदैछ । साथै सेप्टेम्बरमा अनुष्का शर्मासँगको फिल्म ‘सुई धागा’ पनि रिलिज हुने तयारी छ । यही बीचमा उनी नयाँ फिल्म ‘रणभूमि’ को तयारीमा जुट्नेछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment