Comments Add Comment

जगमा भ्वाङ भेटिएपछि रोकियो गोरखा दरबार पुनर्निर्माण

 १० फागुन, गोरखा । जगमा भ्वाङ भेटिएपछि ऐतिहासिक गोरखा दरबारको पुनर्निर्माण अन्योलमा परेको छ ।

पुनर्निर्माणको क्रममा दरबार भत्काउँदा पूर्वि भागको जगमा भ्वाङ भेटिएको हो । भ्वाङ भेटिएको ठाउँमा जमिनको सतह कमजोर हुने भन्दै पुनर्निर्माणको काम रोकिएको छ ।

प्राविधिकको टोलीले नापजाँच गरेपछि मात्रै पुनर्निर्माणको काम थालिने गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले बताए ।

अध्ययन गर्नका लागि पुरातत्व बिभागका सीडीई इन्जिनियर सम्पत घिमिरेको संयोजकत्वमा चार सदस्यीय कमिटी गठन गरिएको उनले बताए । ‘फागुन ४ गते कमिटी गठन भएको हो, मन्त्रालयले सात दिन भित्र प्रतिवेदन बुझाउनु भनेको छ,’ भुसालले भने, ‘सोही प्रतिवेदन अनुसार काम अगाडि बढ्ने छ ।’

कमिटीले अहिले अध्ययन गरिरहेको छ । भूकम्पले क्षति पुगेसँगै पुनर्निर्माणका लागि दरबार भत्काइएको हो ।

चार करोड ३७ लाख लागतमा दरबारको पुनर्निर्माणका लागि पचलीशिभाको जेभीसँग पुरातत्व विभागले ठेक्का सम्झौता गरेको छ ।
करिब दुई वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य लिइएको छ । मूल दरबारको पुनर्निर्माण सकेर कालिका मन्दिरको मर्मत सम्भार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ ।

दरबार भत्काए पनि मन्दिरको नियमित पूजा भने नरोकिएको दरबार हेरचाह अड्डा प्रमुख भुसालले बताए ।

भत्काइएको दरबारको सामानहरु सुरक्षित साथ भण्डारण गरेर राखिएको अड्डा प्रमुख भुसालले बताए ।’कलात्मक झ्यालका टुडालहरु कालिका मन्दिरको बुइँ तलामा र रातो घरमा राखेका छौ,’ उनलेभ ने ,’ अन्य सामानहरु भने केही हेलिप्याडमा राखिएको छ भने एउटा भवन पनि बनाएको छौ सामान राख्नलाई ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment