Comments Add Comment

दार्चुलाका विभिन्न स्थान सडक सञ्जालसँग जोडिँदै

१८ वटा प्रस्तावित, ५ को निर्माण कार्य सुस्त

फाइल फोटो

१० फागुन, दार्चुला । दार्चुलाका विभिन्न स्थानलाई सडक सञ्जालमा जोड्न साविकको जिल्ला विकास समितिको कार्यालयले जिल्लाभरि १८ वटा सडकहरु प्रस्ताव गरेको छ ।

झण्डै अढाई किलोमिटरदेखि ६२ किलोमिटरसम्म लम्बाई भएका १८ वटा सडक निर्माणको प्रस्ताव गरिएको हो ।

लाली–खरकडा–सर्माेली सडक, शंकरपुर–हुनैनाथ–डाडाकोट–लाली सडक, ऐरिछाना–रिठाचौपता–सर्मोली सडक, गोकुलेश्वर– रिठाचौपता सडक खण्ड, गोकुलेश्वर–बोहरीगाउँ–पनेबाँज सडक खण्ड साविकको जिल्ला विकास समितिले प्रस्ताव गरेको थियो ।

त्यस्तै, धाप–निसील–ग्वानी सडक, देथला–रानीशिखर–ग्वानी सडक, बंगाबगड–विरेन्द्रवन–गल्फै सडक, खलंगा–देथला सडक, शिखर–बलाँच–देथला सडक, डुङरी–छापरी–ब्रह्मदेव–धारी सडक, होपरी–सिप्टी–शेरी–तपोवन सडक खण्ड जिविसबाट प्रस्तावित सडक अन्तरगत रहेको छ ।

होपरी–सिप्टी–शेरी–तपोवन सडक खण्ड अहिले उपभोक्तामार्फत् निर्माण भइरहेको छ । नौगाड गाउँपालिकाले उक्त सडकखण्ड निर्माणका लागि चालु आर्थिक वर्षमा १ करोड बजेट विनियोजित समेत गरेको छ ।

त्यस्तै, खार–इयरकोट सडक, सिप्टी–सितोला सडक, बिटुले–लटीनाथ–पारीबगड–खण्डेश्वरी सडक, पारीबगड–गुल्जर–बुंगल सडक, हिकिला–सिद्धटोपी सडक र मकरीगाढ–घुसा सडकखण्ड गरी १८ वटा सडक निर्माणका लागि जिविसले प्रस्ताव गरेको थियो ।

त्यसैगरी, जिल्लाका अन्य विभिन्न सडक निर्माण कार्य समेत चलिरहेका छन् ।

गोकुलेश्वर–खलंगासम्मको ७२ किलोमिटर सडक कालोपत्रे कार्य यसअघि नै सम्पन्न भएको छ । गाकेुलेश्वर–लटीनाथ ३५ किलोमिटर कच्ची सडक निर्माणधीन अवस्थामा छ ।

सामान्य साना सवारी साधनहरु सञ्चालनमा छन् । उक्त सडकखण्डको अहिले सडक डिभिजन कार्यालय बैतडीले विस्तार कार्य गरिरहेको छ । चालु आर्थिक वर्षदेखि नै सडक विस्तारको कार्य सञ्चालन गरिएको हो ।

गोकुलेश्वर–खार दल्लेख– खलंगा ४४ किलो मिटर सडकखण्ड समेत निर्माणधीन अवस्थामा रहेको छ ।

त्यस्तै, महाकाली करिडोर अन्तरगत रहेको खलंगा–तिकंर ८० किलोमिटर सडक खण्डसमेत निर्माणधीन अवस्थामा छन् ।

त्यस्तै, दत्तु–लाली सडकखण्ड पनि निर्माणधीन अवस्थामा रहेको जनाइएको छ । त्यस्तै, हवाई यातायातको सन्दर्भमा जिल्लाको एक मात्रै विमानस्थल गोकुलेश्वर विमानस्थल लामो समयदेखि बन्द अवस्थामा रहेको छ ।

५ सडकको प्रगति शुन्य

साविकको जिविसबाट प्रस्तावित १८ वटा सडकहरुमध्ये ५ वटा सडकखण्डको कार्यप्रगति शन्य रहेको जनाइएको छ ।

देथला–रानीशिखर–ग्वानी सडक खण्ड, खार–ईयरकोट सडक, सिप्टी–सितोला सडक, पारीबगड–गुल्जर–बुंगल सडक र मकरीगाढ–घुषा सडक खण्डको निर्माण कार्य शून्य अवस्थामा रहेको हो ।

प्रस्तावित सडक मध्ये खलंगा–देथला सडक निर्माण कार्य सम्पन्न भएको उल्लेख गरिएको छ ।

५२ किलोमिटर लम्बाइको सडकखण्डको काम सम्पन्न भएको हो । त्यस्तै, २ दशमलब ६१ किलोमिटर लम्बाई रहेको बांगाबगड–विरेन्द्रवन–गल्फै सडक खण्डको काम पनि अन्तिम चरणमा पुगेको छ ।

हालसम्म २ दशमलब ३७ किलोमिटर काम भइसकेको तथ्याङ्क कार्यालय, दार्चुलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment