+
+
Shares

प्रधानमन्त्री ओली ६७ औं वर्षमा, हिजै काटे केक

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ११ गते ९:५२

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६७ औं वर्षमा प्रवेश गरेका छन् । ओली ००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका थिए ।

नेता तथा कार्यकर्ताले ओलीलाई आज जन्मदिनको शुभकामना दिइरहेका भए पनि उनले भने हिजै राति केक काटेर जन्मदिन मनाइसकेका छन् । ४ वर्षअघि सम्म जन्मदिन नमनाउने गरेका ओलीले त्यसयता भने केक काट्दै आएका छन् ।

यस वर्ष पनि ओलीले पार्टीका नेता तथा शुभेच्छुकबाट घेरिएर ‘ह्यापी बर्थडे’ लेखिएको केक काटे ।

प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले सार्वजनिक गरेको तस्वीरमा प्रधानमन्त्रीपत्नी राधिकाले अाेलीलार्इ केक काट्न सघाइरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?