+
+
Shares

प्रदेश १ का मुख्यमन्त्री र स्विस राजदूतबीच भेटवार्ता

प्रदेश १ मा पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ११ गते १३:४६

११ फागुन, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजा वेत भ्यानग्यातलरबीच शुक्रबार भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा स्विस परियोजनामार्फत प्रदेश १ मा पूर्वाधार विकासमा सहयोग गर्ने विषयमा छलफल भएको हो ।

भेटका क्रममा मुख्यमन्त्री राईले प्रदेश १ भित्र पूर्वाधार विकासमा सहयोग गर्न राजदूत भ्यानग्यातलरलाई आग्रह गरेका थिए ।

राजदूत भ्यानग्यातलरले स्विस विकास परियोजना अन्तर्गत आफूहरुले प्रदेश १ भित्र झोलुङ्गे पुल र सडक पुल निर्माणलाई प्राथमिकता दिएको बताइन् ।

भेटवार्तामा स्थानीय सरकारलाई कसरी सहयोग गर्ने र ग्रामीण क्षेत्रका वासिन्दाको जीवनस्तर उकास्ने विषयमा छलफल भएको मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री राईले आफूले कार्यभार सम्हालेपछि दातृ राष्ट्रका प्रतिनिधिसंग पहिलो पटक भेट गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार उनीहरुबीच करिब एक घण्टा भेटवार्ता चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?