Comments Add Comment

हल-हलमा श्वेता, दर्शकको प्रतिक्रियाले भावुक भइन्

शुक्रबार मध्यन्ह अभिनेत्री स्वेता खड्का हेटौंडा पुगिन्, ओम्याक्स सिनेमा हलमा । उनी त्यहाँ पुग्दा आज सार्वजनिक भएको नेपाली फिल्म ‘पञ्चेबाजा’ लागिरहेको थियो । तर, दर्शकहरु भने ‘कान्छी’को पर्खाइमा थिए । कतिले बिहानीको शोमा ‘कान्छी’ हेरेर फर्किएका थिए भने, कति फिल्म हेर्ने प्रतिक्षामै थिए ।

जसै, श्वेता हलको प्रांगणमा पुगिन्, उनी दर्शकको घेराबन्दीमा परिन् । धेरैजसो दर्शक ‘कान्छी’ हेर्न ओइरिएका रहेछन् । दर्शकले भने, ‘तपाईको फिल्म एकदम मनपर्‍यो ।’

श्वेताले सोधिन्, ‘फिल्मको के मनपर्‍यो ?’

‘कहानी’ दर्शकले भने, ‘हसाउँदा-हसाउँदै रुनुपर्ने ।’ यस्ता सवाल-जवाफ भइरहे । हेटौंडाको हलबाट बाहिरिदा श्वेता निकै भावुक भइरहेकी थिइन् । दर्शकले आफ्नो फिल्मलाई यति धेरै रुचाएकोमा उनी कृतज्ञ थिइन् ।

त्यसो त अहिले बिहेको सिजन चलिहरको छ । यसैपनि व्यस्तताले छोपेको छ । अर्कोतिर हलबाट अनमोल केसी स्टारर ‘कृ’ उत्रिएको छैन । सुक्रबार दुई नयाँ नेपाली फिल्म पनि हलमा थपिए । तर, ‘कान्छी’को दर्शक घटेन । बरु, बढ्यो । पहिलो हप्ता ९० जति स्क्रिनमा लागेको ‘कान्छी’को शो बढेर अहिले १ सय २० स्क्रिमा पुगेको छ । यसबीचमा मल्टिप्लेक्स हलहरुले समेत कान्छिको अतिरिक्त शो बढाएको छ ।

‘कृ’ र हिन्दी फिल्मलाई मात्र होइन, ताजा फिल्म ‘साढे ७’ र ‘पञ्चेबाजा’लाई समेत आफ्नो फिल्मले उछिनेको श्वेताले बताइन् । उनले भनिन्, ‘अपेक्षा गरेजस्तै दर्शकले मन पराइदिनुभएको छ ।’

अहिले श्वेता चितवनमा छिन् । शनिवार उनी चितवनको इन्द्रदेव, गणेश, जलमा र क्युएफएक्स सिनेमामा पुग्नेछिन् । उनीसँगै फिल्मका निर्माण पक्षका टिम छन् । शनिवार निर्देशक आकास अधिकारी पनि हलमा पुग्नेछन् ।

माउथ पब्लिसिटीको भरमा दर्शक ओइरिएको श्वेताले पाएकी छिन् । भन्छिन्, ‘एकै जनाले दोहोर्‍याइ, तेह्राई हेरेका रहेछन् ।’ फिल्मले अहिलेसम्म ४ करोड ७६ लाख ग्रस कलेक्सन गरिसकेको श्वेताले बताइन् । श्वेता फिल्मकी निर्माता पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment