Comments Add Comment

साँचो हो चन्द्रमा हरियो देखिने हल्ला ?


अहिले फेसबुकमा हरियो रङको चन्द्रमाको तस्वीर तथा यस्तै खालको समाचारहरु शेयर गर्ने ट्रेण्ड चलेको छ । आगामी २० अप्रिलका दिन चन्द्रमाको रङ हरियो देखिने हल्ला चलाइएको छ सोसल मिडियामा । उक्त दिन वरुण ग्रह चन्द्रमाको नजिक पुग्ने र सोही कारण चन्द्रमा हरियो रङमा बदलिने दाबी गरिएको छ । अझ अर्को दाबी त के भने यस्तो घटना ४ सय २० वर्षपछि हुन लागेको हो ।

हालै ब्लुमुन र सुपरमुन देखेका मानिसहरु अब ग्रिन मून पनि देख्न पाइयो भनेर मख्ख पर्नुभएको होला । तर ढुक्क हुनुहोस् चन्द्रमा हरियो बन्नेछैन । यो केबल अफवाह मात्रै हो ।

वास्तवमा यस्तो हरित चन्द्रमाको हावादारी हल्ला सन् २०१६ को सुरुवात देखि नै चल्न थालेको थियो र २०१६ को मे २९मा चन्द्रमा हरियो बन्ने हल्ला फिँजाइयो । तर त्यसदिन चन्द्रमा हरियो भएन ।

त्यसैले आगामी अप्रिल २० मा पनि त्यस्तो कुनै घटना नहुने र चन्द्रमा आफ्ना पूर्ववत् स्वरुपमै रहने विज्ञहरुको भनाई छ ।

यो हल्ला हावादारी भएको अर्को प्रमाण पनि छ । त्यो के भने आगामी अप्रिल २० अर्थात् ४/२० तारेखका दिन इतिहासमा ४ सय २० वर्षपछि यो घटना हुँदैछ भनिएको छ । रोचक कुरा त के भने ४ सय २० भन्ने शव्दाबली नै कुनै हावादारी मानिसलाई इंगित गर्न प्रयोग गरिन्छ । अझ गँजडी मानिसहरुले अप्रिल २० लाई विश्व गाँजा सेवन दिवसको रुपमा मनाउँदछन् । यस अर्थमा अप्रिल २० वा चन्द्रमा हरियो देखिन्छ भन्ने हल्ला फैलाउने मानिसहरुले सायद गाँजा खाएकै नशामा त्यस्तो हल्ला फैलाए होलान् भन्ने आशा गरौँ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment