Comments Add Comment

मरिसकेका यी अढाई सय मानिस पुनः बाच्ने सम्भावना

मरिसकेपछि मानिस पुनः ज्यूँदो भएको कुरा कुनै लोककथामा वा फिल्ममा हेर्नु र सुन्नुभएको थियो होला । अहिलेको विज्ञानको युगमा यस्तो कुरामा कसैलाई पत्यार लाग्दैन । तर अहिलेको विज्ञानको युगमा असम्भव भन्ने के पो छ र ? त्यसैले मरेको मानिसलाई पुनः ज्यूँदो बनाउने प्रयोगमा अमेरिकी वैज्ञानिकहरु जुटिरहेका छन् ।

वैज्ञानिकहरुका अनुसार एएटा यस्तो सिद्धान्त छ जसको सहयोगले मरिसकेका मानिसलाई पनि पुनः ज्यूँदो बनाउन सकिन्छ ।

वास्तवमा पहिलोपटक सन् १९६० मा वैज्ञानिकहरु लासलाई पुनः जिवित बनाउने प्रयोगमा लागेका थिए । अहिले सोही समयको भिडियो सार्वजनिक भएपछि यस विषयमा पुनः चर्चा सुरु भएको छ । आखिर मानिसको मृत्युपछि उसलाई पुनः जिवित बनाउन सम्भव छ की छैन ? भन्ने विषयमा मानिसहरुका कौतुहलता बढिरहेको छ ।

सन् १९६० मा अमेरिकाको एरिजोनास्थित क्रायोनिक साइन्स सोसाइटीमा एक मेसिनको सहायताले यो डेमो भिडियो तयार पारिएको थियो ।

जसमा एएटा ट्युब जस्तो रेफ्रिजेरेटरमा मानव सरीरलाई संरक्षित राख्ने प्रक्रिया देखाइएको थियो । उक्त ट्युबमा मानिसको सरीरलाई आल्मुनियमको पत्रले छोपेर राखिएको बताइन्छ । यसबाट सरीर सधैका लागि पूर्णरुपमा सुरक्षित हुन्छ । यो प्रक्रियालाई क्रायोपि्रजर्भेसन भनिन्छ ।

उक्त डेमोमा भनिएको छ की फिनिक्स साइन्स सोसाइटी मृत्युपश्चातको जिवनमाथि निरन्तर अनुसन्धान गरिरहेको छ ।

क्रायोपि्रजर्भेसनको सहयोगले यो सम्भव छ । यसरी सुरक्षित राखिएको सरीरलाई भविष्यमा कुनै न कुनै दिन जिवन प्रदान गर्न सकिने विश्वास वैज्ञानिकहरुमा छ ।

स्मरण रहोस् अमेरिकामा सन् २०१४ यता अढाई सय मानिसको शवलाई उनीहरुको इच्छा बमोजिम नै क्रायोप्रिजर्भेसनद्धारा सुरक्षित राखिएको छ । भविष्यमा कुनैपनि दिन मरेको मानिसलाई जगाउन सकिने विधिको आविष्कार हुनेछ र यसो भएमा यी अढाई सय मानिसलाई पनि जिवित गराउन सकिने विश्वास वैज्ञानिकहरुको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment