Comments Add Comment

एक रुपैयाँ किन कम राखिन्छ सामानको भाउ ?

तपाइँले बजारमा सामान खरीद गर्न जाँदा लत्ताकपडा, ग्याजेट आदिजस्ता धेरैजसो सामानहरुको मूल्य एक रुपैयाँ कम राखिएको देख्नुभएकै होला । अर्थात् सामानको मूल्य ९९, १९९, २९९, ९९९ आदिजस्ता उनान्सयको संख्यामा राखिएको हुन्छ । आखिर यसरी सय भन्दा एक कम गराएर अन्तिममा ९ आउने गरी सामानको भाउ किन राखिएको हुन्छ । १००, २००, ३००, १००० आदि राख्नुको साटो एक रुपैयाँ घटाएर सामानको भाउ राख्नुको अर्थ के होला ? तपाइँले कहिल्यै सोँच्नुभएको छ ?

वास्तवमा यो सबैका लागि कौतुहलताको विषय हुनसक्छ । तर यसको कारण ठ्याक्कै यो नै हो भन्ने चाहीँ नहुन सक्छ ।
वास्तवमा सामानको भाउ एक रुपैयाँ कम राख्नुका दुईवटा कारण हुन सक्दछन् ।

१. मनोवैज्ञानिक मार्केटिङको रणनीतिः यसो गर्नुको पछाडि सबैभन्दा महत्वपूर्ण कारण यो होकी कुनैपनि वस्तुका एक रुपैयाँ मूल्य कम तय गर्नु मनोवैज्ञानिक बजारीकरणको सुझबुझपूर्ण रणनीति हो । ग्राहकलाई उक्त वस्तु खरीदका लागि आकषिर्त गर्नका लागि यसो गरिन्छ । एक रुपैयाँ कम गर्दा समेत धेरैजसो ग्राहक उक्त वस्तुको मूल्य तल्लो अंकमै रहेको अनुभुति गर्दछन् । सामानको भाउ ४ सय ९९ रुपैयाँ हुँदा त्यो ५ सय भन्दा एक रुपैयाँ कम भएपनि धेरै ग्राहकहरुले त्यसलाई ४ सय मूल्यको अर्थात् सस्तो सामान भन्ने ठान्दछन् मनोवैज्ञानिक रुपमा र किन्नका लागि उत्प्रेरित हुन्छन् ।

२. ग्राहकको अतिरिक्त रकम लिने प्रपञ्चः कुनैपनि वस्तुको मूल्य १ रुपैयाँ कम गरिरहँदा पनि बिक्रेताले आफ्नो मुनाफामा सम्झौता गरिरहेका हुँदैनन् । कतिपय बिक्रेताका लागि यो सित्तैमा ग्राहकको रकम थुत्ने माध्यम पनि हुन्छ । कुनै वस्तुको भाउ ९९ रुपैयाँ हुँदा ग्राहकले १ सय रुपैयाँ दिन्छ । बिक्रेताले १ रुपैयाँ फिर्ता गर्नुपर्नेमा उसले खुद्रा रकम नभएको भन्दै फिर्ता नदिने वा उक्त एक रुपैयाँको अर्को सामान जबर्जस्ती भिडाउने गर्दछ । यसो गर्दा ग्राहकले एक रुपैयाँ कममा कुनैपनि सामान किनेको भनिरहँदा एक रुपैयाँ अतिरिक्त खर्च गरिरहेको हुन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment