१३ फागुन, काठमाडौं । अपहरण मुद्दामा फरार प्रतिवादी सुनिल तामाङलाई प्रहरीले ७ वर्षपछि शनिबार पक्राउ गरेको छ ।
२०६७ जेठ २७ गते जोरपाटी महाकालवारीका शिवबहादुर खड्कालाई अपहरण गर्ने २७ वर्षीय तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले उनको गाउँ सिन्धुपाल्चोकको ठूलो धादिङबाट पक्राउ गरेको हो ।
खड्काको जाहेरीमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०७० वैशाख ३१ गते तामाङलाई ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । सीआईबीले उनलाई पक्राउ गरी जिला अदालत काठमाडौं पेश गरेकोमा अदालतले कैद भुक्तानका लागि केन्द्रीय कारागार पठाएको छ ।
तामाङले खड्कालाई जग्गा बेचेर आएको कमिसनबापतको रकम नदिएको रिसमा जोरपाटी महाकालबारीस्थित सुवर्ण खड्काको घरमा बन्धक बनाएर राखेको सीआईबीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4