फागुन १५, कैलाली । प्रहरीले कैलालीको धनगढीमा लागूऔषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रदेश ७ को क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) बाट खटिएको प्रहरी टोलीले उत्तरप्रदेश लखिमपुरका ३० बर्षीय सागर चौधरी र ३५ बर्षीय धर्मसिंह रानालाई पक्राउ गरेको प्रदेश ७ प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले जानकारी दिए ।
विशेष सूचनाको आधारमा प्रहरी सहायक निरीक्षक केशव जोशीको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीबाट ३५ ग्राम लागू औषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुले लामो समयदेखि भारतबाट लागू औषध ब्राउन सुगर (खैरो हेरोइन) ल्याई धनगढी आसपासका क्षेत्रहरुमा बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4