१६ फागुन, जनकपुरधाम । प्रदेश २ को मन्त्रिपरिषद् विस्तार भएको छ ।
बुधबार चार मन्त्री र तीन राज्यमन्त्रीले सपथ लिएका छन् । यससँगै प्रदेश सरकार १० सदस्यीय बनेको छ ।
ज्ञानेन्द्रकुमार यादव प्रदेश सरकारको गृह (आन्तरिक मामिला तथा कानुन) बन्त्री बनेका छन् । यस्तै शैलेन्द्र साह भूमि व्यवस्था तथा कृषि, नवलकिशोर साह सामाजिक विकास र र रामनरेश राय उद्योग तथा पर्यटनमन्त्री बनेका छन् ।
ज्ञानेन्द्र र शैलेन्द्र संघीय समाजवादी समाजवादी फोरम तथा नवलकिशोर र रामनरेश राजपाबाट मन्त्री बनेका हुन् ।
नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थसक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
मुख्यमन्त्री लालबाबु राउतको सपथकै दिन अर्थमन्त्री विजय यादव र जितेन्द्र सोनल भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए ।
यस्तै उषा यादव, सरोज सिंह र योगेन्द्र राय राज्यमन्त्री बनेका छन् । उशा अर्थ, सरोज गृह र यागेन्द्र भूमिव्यवस्था राज्यमन्त्री भएका हुन् । तीन राज्यमन्त्रीले मुख्यमन्त्री समक्ष सपथ लिएका छन् ।
फोरमले तीन राज्यमन्त्री पनि सिफारिस गरेको छ । तर, राजपाले राज्यमन्त्री पठाएको छैन ।
प्रतिक्रिया 4