१७ फागुन, काठमाडौँ ।खानेपानी तथा ढल निकास विभागले आर्थिक वर्ष २०७४÷७५ को ६ महिनामा २१ खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न गरेको छ ।
विभागले एशियाली विकास बैँकको आर्थिक सहयोगमा दोस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत उक्त आयोजना सम्पन्न गरेको हो ।
विभागका महानिर्देशक तेजराज भट्टले उक्त आयोजनाले विभिन्न जिल्लाका एक लाख ८३ हजार ३३० जनसंख्या लाभान्वित भएको जानकारी दिए । उक्त खानेपानी तथा सरसफाइ आयोजनाका लागि एशियाली बैँकले तीन करोड दुई लाख १७ हजार खर्च गरेको छ ।
यसैगरी, विभागले तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजनाका लागि सरोकारवाला पक्षबीच छलफल गरिरहेको बताएको छ । एशियाली विकास बैँकको २० करोड ऋणमा निर्माण हुन लागेको उक्त आयोजनाबाट एक लाख २४ हजार १६८ घरपरिवार लाभान्वित हुने विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4