+
+
Shares

रसुवालीहरू यूएर्इमा संगठित

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २१ गते १०:४८

५ मार्च, यूएई । वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा रहेका रसुवालीहरु संगठित भएका छन् ।

रसुवालीहरुको भेलाले रामशरण पाण्डेको अध्यक्षतामा १५ सदस्सीय केन्द्रीय समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

समाजको उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा बिरमान थिङ्ग, सचिवमा बिनोद पौडेल, सह-सचिवमा कृष्ण राना, कोषाध्यक्षमा सुभद्रा अधिकारी, सह-कोषाध्यक्षमा तुलसी अधिकारी चयन भएका छन् ।

यस्तै अधिवेसनले धुर्बप्रसाद अगस्ती, भिम थिङ्ग, रामचन्द्र अधिकारी, भरत तामाङ्ग, सागर पौडेल र ठाकुर रैलालाई सदस्यमा नियुक्त गरेको छ ।

निर्वाचित सबै पदाधिकारीहरुहरुलाई सफल कार्यकालका लागि उपस्थित सर्वसाधारण रसुवालीहरुले बधाई तथा शुभकामना दिएका थिए ।

अधिवेशन लगत्तै बसेको कार्यसमितिको पहिलो बैठकले राजनप्रसाद अगस्तीलाई रसुवाली समाजको संरक्षक र बलराम न्यौपानेलाई समाजको प्रमुख सल्लाहकारमा चयन गरेको छ ।

यूएईलाई कर्मथलो बनाएका रसुवालीहरुवीच मित्रता, सहयोग र भाइचाराको सम्बन्ध कायम गर्ने उद्देश्यका साथ रसुवाली समाज यूएईको गठन भएको हो ।

यूएईमा रहेका सबै रसुवालीलाई एकताबद्ध गराउने प्रयास अनुरुप समाजको गठन भएको समाजका अध्यक्ष पाण्डेले बताएका छन् ।

अप्ठ्यारोमा परेका रसुवालीलाई सहयोग गर्ने, प्रवासमा रहेर पनि एकजुट हुदै रसुवालीहरुवीच भाइचाराको सम्बन्ध कायम राख्ने, बैदेसिक रोजगारीको सिलसिलामा यूएईमा रहेका सबै रसुवालीलार्इ विभिन्न माध्यामबाट एक ठाउँमा जोड्ने काम गर्न संगठित भएको अध्यक्ष पाण्डेले बताए ।

साथै यूएर्इमा रहेका रसुवालीको दुःख के कस्तो छ बुझ्ने सुन्ने र महसुस गर्दै समस्याको समाधान गर्ने, कुनै पनि बेला युएईमा कार्यरत रसुवालीलाई समस्या पर्दा डटेर समस्याको समाधान गर्न सघाउने, सामाजिक कार्यहरु गर्ने, साथै आपसी हित र सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ समाज गठन भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?