Comments Add Comment

माधव नेपाललाई देउवाको जवाफः प्रधानमन्त्रीलाई खुसी पार्न खोज्नुभो, ठीकै छ !

२२ फागुन, काठमाडौं । संसदको दोस्रो बैठकमा दलका शीर्षनेताहरुले सम्वोधन गरेर सांसदहरुलाई स्वागत गरेका छन् भने नयाँ सरकारलाई बधाई दिएका छन् ।

त्यसक्रममा एमाले नेता माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच रोचक जुहारी चलेको छ ।

एमाले सत्तारुढ र सबैभन्दा ठूलो दल हो । एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री भएकाले वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गरे । उनले कांग्रेसतर्फ संकेत गर्दै सरकारलाई हनिमुन पिरियड मनाउन पनि दिन्नौं भन्न थालेको भन्दै त्यसको परिणाम आफैंले भोग्नुपर्ने बताए ।

दलको नेता चयन भएपछि देउवाले ओली सरकारले १०० दिन हेरौं भन्ने ठाउँ नदिएको टिप्पणी गरेका थिए ।

एमाले नेता नेपालले कम्युनिष्टहरुले अभिनायकवाद ल्याउँछन् कि ? पाखा लगाउँछन् कि ? कहिल्यै चुनाव गर्दैनन् कि भनेर नआत्तिन पनि कांग्रेसलाई आग्रह गरे ।

लगतै सम्बोधनका क्रममा कांग्रेस संसदीय दलका नेता देउवाले नेपाललाई जवाफ दिएका छन् । उनले ‘ओलीजी हिजो देउवाले चुनाव नै गराउँदैन भन्नुहुन्छ, आज प्रधानमन्त्री हुनुभएको छ, बधाइ छ’ भन्दै सम्बोधन सुरु गरेका थिए ।

उनले संविधान संशोधन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सहयोग गर्ने वचन पनि दिए ।

एमाले नेता नेपाललाई व्यंग्य गर्दै सम्वोधन अन्त्य गरे । देउवाले भने, ‘प्रधानमन्त्रीलाई धेरै खुसी पार्न खोज्नु भयो, ठीकै छ, पार्टीमा खुसी पार्नुपर्ने बाध्यता होला ।’

देउवाले रोष्टमबाट यसो भनिरहँदा एमाले सांसद एवं वरिष्ठ नेता नेपाल भने हाँसिरहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment