+
+
Shares

मोडल बनाइदिन्छु भन्दै १३ वर्षीय बालिकालाई बलात्कार, फोटोग्राफर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २३ गते १८:३१

२३ फागुन, काठमाडौं । मोडल बनाइदिन्छु भन्दै १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना फोटोग्राफर पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको खैरहनी–१३ घर भइ काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका २० वर्षीय अमन तामाङ छन् ।

उनले कक्षा ८ मा अध्ययरत् १३ वर्षीय बालिकालाई फेसबुकमा साथी बनाएर मोडल बनाइदिन्छु भन्दै जबरजस्तीकरणी गरेको पीडितले उजुरी दिएकी छन् । तामाङले बालिकालाई फकाएर नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा लगेर बलात्कार गरेको प्रहरीलाई दिइएको जाहेरीमा उल्लेख छ ।

दोस्रो पटक जबरजस्तीकरणी गर्न खोज्दा बालिकाले असहमति जनाएपछि आफूले नग्न तस्वीर र भिडियो खिचेको भन्दै उनले धम्क्याएका थिए । आफूले भनेको नमाने त्यसलाई भाइरल बनाउने बताउँदै उनले पुनः बलात्कार गरे । र, फरार भए ।

लगत्तै, पीडितले महानगरीय प्रहरी वृत, गौशालामा जाहेरी दिएकी थिइन् । र, १८ फागुनमा तामाङलाई गौशाला प्रहरीले बबरमहलबाट पक्राउ गर्‍यो ।

अहिले जिल्ला अदालत काठमाडौंबाट जबरजस्तीकरणी मुद्दामा म्याद थप गरेर उनीमाथि विस्तृत अनुसन्धान भइरहेको डिएसपी अनुपम श्रेष्ठले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?