Comments Add Comment

आरक्षणबाट होइन महिलाहरु खुला प्रतिस्पर्धामा आउनुपर्छः मुख्यमन्त्री पौडेल

हेटौंडा,२४ फागुन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले महिलाहरु आरक्षणको साहरामा नभइ खुल्ला ढंगबाट प्रतिस्पर्धामा आउनुपर्ने बताएका छन् ।

सधै आरक्षणको कुरा गर्दा प्रतिस्पर्धा नै गर्न सक्दैनन भन्ने बुझिने भन्दै पुरुष सरह खुला प्रतिस्पर्धी बन्दै आफूलाई अब्बल रहेको देखाउनु पर्ने मुख्यमन्त्री पौडेलले बताए । ‘सधै आरक्षणको होइन क्षमता देखाएर अघि बढ्नु पर्छ ।’ उनले भने ।

१०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघ मकवानपुरले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै उनले अब हसिँया, कुचो कोदालो बोकेर आन्दोलन गर्ने समय नभइ मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने बेला आएको मुख्यमन्त्री पोडेलले बताए ।

उनले आन्दोलनमा उठाएका सामग्री मुलुक समृद्ध बनाउने अभियानमा लगाउन आग्रह गरे । आन्दोलनको मेहनत अब समृद्धिको लागि गर्नु पर्नेमा उनको जोड छ ।

तीन तहकै सरकार वाम गठबन्धनको रहेको समयमा मुलुकको विकास र जनताको समृद्धिका लागि काम गर्न नसकिए जनताको मनबाटै राजनीति बिस्तापित हुने भन्दै सबै कुरामा ध्यान दिदै मुलुकलाई समृद्ध बनाउँने अभियानमा लाग्न आग्रह गरे ।

जिम्मेवारबाट पन्छिएर नभइ जिम्मेवार बनेर लागे बिकास र समृद्धि चाडै आउँने उनले बताए ।

नेपालको राजनीतिक आन्दोलनमा महिलाहरुको योगदान रहेको भन्दै उनले नारी शक्तिको सहयोगविना समृद्धि सम्भव नरहेको समेत बताउ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment