२७, फागुन, कैलाली । कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीमा विहीबार राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने किस्मती चौधरी (पार्वती) प्रहरीले पक्राउ गरेको छ ।
देउकलीकै स्थानीय बासिन्दा २० वर्षीया किस्मति चौधरीले आफू पार्वती भएको भन्दै राधामाथि निर्घात कुटपिट गरेकी थिइन् । उनले शिवजी रुप धारण गरेका झाँक्री रामबहादुर चौधरीसँग आफूले ८ दिनका लागि बिहे गरेको बताउने गरेकी थिइन् ।
रामबहादुर यसअघि नै पक्राउ परे पनि कस्मती फरार थिइन् । तर, उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायब निरिक्षक दिनेश विष्टले जानकारी दिए । पक्राउ गरिएकै कस्मतीलाई जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको विष्टले बताए ।
पक्राउ परेकी किस्मतीलाई जिल्ला प्रहरी कार्यालय कैलालीको महिला सेलमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।
पक्राउ परेका दुबै रामबहादुर चौधरी र किस्मती चौधरीलाई आजै जिल्ला अदालतबाट म्यादथप गराई थप अनसुन्धान गरिने बोहोराले बताए ।
पीडित छात्रा राधालाई घरबाट उठाएर झाँक्रीको घरसम्म लैजाने महिलाहरु भने अझैसम्म पक्राउ परेका छैनन्. । उक्त घटनामा संलग्न अन्यको पनि खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।
गत विहीबार नारी दिवसका दिन झाँक्री रामबहादुर चौधरी र किस्मती चौधरीले स्थानीय छात्रा राधा चौधरीलाई बोक्सीको आरोपमा सयौं गाउँलेका अगाडि छ घण्टासम्म निर्घात कुटपिट गरेका थिए ।
पीडितको अवस्था कमजोर
कुटपिटबाट अशक्त बनेकी राधा चौधरीको अहिले सेती अञ्चल अस्पतालको सर्जिकल वार्डमा उपचार भैरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्र बस्नेतले घाइते चौधरीको आँखा र शरीरभरि नीलडाम रहेको बताए । उनले आँखामा चोट देखिएका कारण उनलाई गेटा आँखा अस्पतालमा आँखा जाँचका लागि रेफर गरिएको बताए ।
डा. बस्नेतले घटनापछि चौधरी मानसिकरुपमा विक्षिप्त देखिएको बताए । उनले घाइते चौधरीलाई शान्त वातावरणमा राखेर परामर्श गर्नु आवश्यक रहेको बताए ।
सुख्खडका निमित्त प्रहरी प्रमुख निलम्बनमा परे
‘बोक्सीकाण्ड’मा मिलापत्र गराउने मेयरमाथि एमालेले कारवाही थाल्यो
झाँक्रीसँग ८ दिनका लागि बिहे गरेको बताउने ‘पार्वती’ पक्राउ
बोक्सी आरोपमा कुटिएकी राधाको उपचार खर्च सरकारले व्यहोर्ने
राधामाथि ६ घण्टा लगातार मुड्की र लात बर्सियो, गाउँले रमिता मात्र हेरिरहे (भिडियोसहित)
प्रतिक्रिया 4