Comments Add Comment

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

मुख्यमन्त्रीले कल्पनाः रामग्राम-तिलौराकोट मोनोरेल, पहाडमा हेली स्टेशन

२७ फागुन, काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत पाएका छन् ।

प्रदेशसभाको आइतबारको बैठकमा पोखरेलले विश्वासको मत मागेका थिए । उनको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १८ मत परेको छ । एमाले प्रदेशसभा संसदीय दलका नेता पोखरेल माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको समृद्धि र राजधानीका विषयमा चर्चा गर्दै विश्वसको मत मागेका थिए ।

संसद बैठकमा उनले चिनीयाँ रेल लुम्बिनी ल्याउने सरकारको निर्णयलाई कार्यान्वयन गर्न सहयोग गर्ने बताए ।

पूर्ब-पश्चिम रेल प्रदेशमा डीपीआर अन्तिम चरणमा सबै क्षेत्रमा एकैपटक काम हुनुपर्ने भन्दै उनले रामग्रादेखि तिलौराकोटसम्म मोनोरेलको सम्भावनाको चर्चा गरेका हुन् ।

यस्तै बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सबैलाई पायक पर्ने ठाउँमा राजधानी बनाउने बताएका छन् ।

दाङमा राजधानी बनाउने एजेण्डासहित चुनाव प्रचार गरेका मुख्यमन्त्री पोखरेलले विश्वासको मत माग्दै संसदमा भने-ँसबैलाई पायक पर्ने गरी राजधानी बनाउनुपर्ने र सहमतिका आधारमा सफलतापूर्वक समाधान गर्नुपर्नेछ ।’

सबैलाई पायक पर्ने गरी प्रदेशसभाबाट राजधानीको एजेण्डाको टंगो लगाउने उनको भनाइ थियो ।

यस्तै सम्बोधनका क्रममा मुख्यम मन्त्री पोखरेलले आवश्यकता अनुसार संरचना नहुँदा काम गर्न कठिन भएको गुनासो समेत गरेका छन् ।’अहिलेको अवस्थामा यहाँ पर्याप्त संरचना अभाब छ, काम गर्न असहज भएको छ ।’ उनले गुनासो गरे ।

उनले कानुन नबन्दा काम अडि्कएको छ भन्दै आर्थिक विधेयक पास भएपछि बजेटको काम सुरु गर्ने बताए ।

पहाडका ६ र तराईका ६ जिल्ला गरी १२ जिल्ला रहेको प्रदेश ५ मा धेरै किसिमको बिबिधता रहेको भन्दै उनले सबै जिल्लाहरुको मानव बिकास सूचकांक बराबरस्थितिमा पुर्‍याउने बताए ।

यस्तै साक्षरता, गरीबी, औषत आयु प्रदेशका सबै जिल्लामा समान बनाउने मुख्यमन्त्री पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment