+
+
Shares

रक्सीको नशामा हाइवेमा कारको साटो घोडा दौडाएपछि ५० लाख जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २७ गते १७:४३

अमेरिकामा एक व्यक्तिलाई व्यस्त राजमार्गमा घोडा दौडाएको आरोपमा पक्राउ गरियो । पुलिसका अनुसार २९ वर्षका लुईस परेज रक्सीको नशामा घोडाा दौडाइरहेका थिए । रक्सीको मातमा राजमार्गमा घोडा कुँदाउनु उनलाई निकै महंगो परेको छ र भारी जरिवाना तिर्नुपर्ने भएको छ ।

क्यालिफोर्निया हाइवे पुलिसले राजमार्गमा रक्सी पिएर घोडा दौडाउने लुइसमाथि ५० हजार जरिवाना लगाएको छ ।

पुलिसले आफ्नो टि्वटर अकाउन्टमा उक्त घटनाको फोटो समेत सेयर गरेको छ । राजमार्गमा घोडा कुँदाउँदा कुनै दुर्घटना भने भएन ।

पुलिसका अनुसार मापसे गरी कार वा घोडा जे सुकै कुँदाउनु पनि अपराध हो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?