Comments Add Comment

‘रामबहादुर र किस्मतीलाई ८ वर्षसम्म जेल सजायँ हुनसक्छ’

२७ फागुन, काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले कैलालीमा ‘बोक्सी’को आरोपमा राधा चौधरीमाथि भएको कुटपिटको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

कार्यालयका अनुसार बोक्सीको आरोपमा कसैलाई कुटपिट तथा अपमान गर्नु अपराध भएको र यसमा संलग्नहरुलाई ५ देखि ८ वर्षसम्म जेल सजाय र ५० हजारदेखि १ लाख रुपैयाँ जरिवाना, पीडितलाई क्षतिपूर्ति भराउने कानुनी व्यवस्था छ ।

अभियुक्तहरुलाई कानुन बमोजिम सजाय दिलाउने जिम्मेवारी अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलमा रहको भन्दै महान्यायाधिवक्ताको कार्यालयले भनेको छ, ‘यो विषयलाई गम्भीरतापूर्वक प्रभावकारी अनुसन्धान गर्न निर्देशन दिन र पीडितलाई न्याय दिलाउने कार्यमा केन्द्रत हुने सरकारी वकिलको कार्यालयलाई निर्देशन गरिएको छ ।’

महान्यायाधिवक्ता अग्नि खरेलले पनि घटनालाई गम्भीरतापूर्वक लिइएको अनलाइनखबरलाई बताए ।

बोक्सीको आरोपमा चौधरीलाई आफूलाई बाबा बताउने रामबहादुर चौधरी र किस्मती चौधरीले कुटपिट गरेका थिए । रामबहादुर र किस्मती दुबैलाई प्रहरीले पक्राउ गरेको छ ।

यो पनि पढ्नुस् 

झाँक्रीसँग ८ दिनका लागि बिहे गरेको बताउने ‘पार्वती’ पक्राउ

बोक्सी आरोपमा कुटिएकी राधाको उपचार खर्च सरकारले व्यहोर्ने

‘बोक्सीकाण्ड’मा मिलापत्र गराउने मेयरमाथि एमालेले कारवाही थाल्यो

राधामाथि ६ घण्टा लगातार मुड्की र लात बर्सियो, गाउँले रमिता मात्र हेरिरहे (भिडियोसहित) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment