सोमबार, ११ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

गोपाल पराजुलीलाई प्रधानमन्त्रीको प्रश्न : प्रमाणपत्रमाथि प्रमाणपत्र, के गरेको यो ?

'सर्वोच्चमा हेर्नुस् न्यायालय भकभक उम्लिराख्या छ'

Suzuki
अनलाइनखबर


३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरुबीच देखिएको विवादबारे मुख खोलेका छन् ।

बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका ओलीले भने, सर्वोच्च अदालतमा हेर्नुस् त, प्रधानन्यायाधीश र प्रधानन्यायाधीशको रोलक्रममा भएकाहरुको अवस्था ।’

कतिलाई प्रधानमन्त्रीले न्यायालयबारे नबोले हुन्थ्यो भन्ने लागेको भन्दै उनले अघि भने, प्रधानमन्त्री एउटा नबालेर के हुन्छ र ? त्यहाँ न्यायालय भकभक उम्लिराख्या छ ।’

उनले हाँस्दै अघि भने, ‘अब के बोल्नु, के नबोल्नु ? बोलेर के हुने, नबोलेर के हुने ? बेञ्च बसेको छैन । न्याय पाउँ भनेर गएका मान्छे तमासा हेरेर पुर्पुरोमा हात लगाएर फर्किराखेका छन् ।’

प्रधानन्यायाधीशको जन्ममिति विवादतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले देशका बीग ‘फाइभ-सिक्स’ (राजकीय पदहरु) कहिले जन्मिएका हुन् भन्ने देशलाई थाहा नहुने अवस्था आएको बताए ।

उनले हास्दै भने, ‘प्रधानन्यायाधीश कहिले जन्मिएको देशले थाहा नपाउने । यो कुनै मल्ल युद्धको विषय हो ? कुस्ती खेल्ने विषय हो ?

‘जे साँचो हो त्यसको प्रमाण दिइन्छ र प्रमाणपत्र हुन्छ । एउटा प्रमाणपत्र, अर्को प्रमाणपत्र के गरेको यो ?’

अदालत, जहाँ मान्छेले आफ्नो आस्था अड्याउन चाहन्छन्, त्यहाँ बडो विचित्रको स्थिति देखिएको भन्दै उनले यो सैहृय नभएको बताए । संविधान र कानुनको वर्खिलाप जाने र एकअर्कालाई उपयोग गर्ने सिद्धान्त सरकारलाई स्वीकार्य नभएको उनले बताए ।

२०७४ फागुन ३० गते १३:२५ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

९ प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७४ फागुन ३० गते १३:३८

    देशको सबभन्दा ठुलो दलको ‘प्रम’,

    बाम गठबन्धनको बहुमतको सरकारको ‘प्रम’,

    ७५% बिस्वासको मत प्राप्त ‘प्रम’,

    अहिलेसम्मको सबभन्दा शक्तिशाली मानिएको ‘प्रम’,

    देशका सबै महत्वपूर्ण सूचना र जानकारीमा पहिलो पहुँच राख्ने ‘प्रम’,ले,

    बोलेको कुराको केहि अर्थ र संकेत त अबश्य होलानी,

    कि अझै कानमा तेल हालेर बस्ने,

    सम्माननीय ‘प्रन्या’ज्यू ?

    67
    2
    Share

  • R_R लेख्नुहुन्छ    |   २०७४ फागुन ३० गते १३:५१

    Gopal buda le dherai padhekale ho ki goli baa? sabai SLC matra pass hunchhan ra hahaha!!!

    8
    35
    Share

  • Andy लेख्नुहुन्छ    |   २०७४ फागुन ३० गते १३:५६

    फेरी यिनलाई नि अपहेलना मुद्दा लाउला है।म त कति हास्नु ।देश को अदालत को हालत देखेर दुख संगै हासो पो उठ्न थाल्यो।

    37
    1
    Share

  • रामजी अधिकारी लेख्नुहुन्छ    |   २०७४ फागुन ३० गते १४:३४

    स्टडी अ लट गोली बा तर पराजुली आफै अलमलमा परेर कुन देखाउ कुन देखाउ भएको भो धेरै नबोलुम चुप चुप ।

    10
    0
    Share

  • satish लेख्नुहुन्छ    |   २०७४ फागुन ३० गते १४:४१

    Action speaks louder than words

    6
    0
    Share

  • rajhaans लेख्नुहुन्छ    |   २०७४ फागुन ३० गते १४:४८

    अचम्म छ बा !
    लोकमान र महाभियोगको नाटक पछि अब यो “महाभियोग” भन्ने शब्द बजारमा फेरी बिक्रीका लागि आइ पुगेको छ । आस्थाका आधारमा पदहरु विभाजन हुने र त्यसैमा स्वार्थ गाँसिने गर्दा पद्धति रुँदो रहेछ । अनि मेरो र तेरा मान्छे अनि प्रजातन्त्र जोगिने र मासिने जस्ता कुरा पनि यसैसँग गाँसिएर आउँदा रहेछन् ।

    एउटा सानो उदाहरण दिउँ ल । कुरा हिजोको हो । बसबाट ओर्लेर यसो हेर्छु हिँड्ने बाटो पाइन । न पेटी छ सडक । पेटी हुनुपर्ने ठाउँमा ठेलगाडाहरुको हाटबजार थियो । छुच्चो मुख प्याट्ट भने “अलि हिँड्ने ठाउँ दिएर राखौ न गाडा ल” । घुरेर हेरे सबैले । जवाफ दिए “बस यही किन रोक्छ अलि पर रोनि हुने नि” । सम्बन्धित निकायलाई कुरा गरे उनिहरुकै स्वर सुन्छन् । बटुवाका कुरा सुनिन्न । अरु त्यो भन्दा बढी नियम मिच्नेको उदाहरण दिँदै “गरि खान नदिएको” आरोप लगाउँछन् । अहिले सबैतिर कसैको लागि शहर बनाइ रहेका छौं । कमसे कम विदेशतिर जस्तो सडकमा हाटबजार लाग्ने समय र दिन तोक्न मिल्ने स्थानहरु पनि बनाउन सकिए हुन्थ्यो कि । एकछिन गाडा व्यापारीसँग गनगन गर्दा उ उदाहरण दिँदै थियो “प्रधान न्यायाधिश जस्ताका त पाँच पाँच वटा नागरिकता छन् । तपाइँ हामीलाई, हामीजस्ता गरिबलाई नियमका कुरा गर्दै हुनु हुन्छ ?” । के गनगन गरिरहनु भनेर म चूपचाप कुरा खेलाउँदै बाटो लागें ।
    हरेक दिन हरपल नियम मिचिरहेको देख्छु । अन्धाधुन्ध सडक कब्जा भइरहेको देख्छु । केही भने ती “सेवा दिइरहेको छु नि” भनेर उल्टो ठूलो स्वर गर्दछन् । के के मात्रै उदाहरण दिउँ म । बिदेश जाँदा एप्स हेरेर तोकिएको स्टप सम्म पुगेर बस चढ्छु तर स्वदेशमा आएपछि घर अगाडिको बस झ्यालबाट लुगा लगाउँदै रोक्न लगाएर चढ्ने गर्दछु । न स्टप चाहिन्छ न समयको मतलब हुन्छ । ठूलाबडाहरु सामान्य नागरिकका लागि अनुकरणीय हुने गर्दछन् , त्यसैले तिनले फुकीफुकी बोल्ने गर्नु र पाइला चाल्ने गर्नु । हामीलाई यही सिकाइएको हो । थप के भनौ हामीले कसको अनुसरण गर्नु पर्ला, समाजले कोबाट के सिकिरहेको होला ?

    18
    1
    Share

  • दुर्लभ लेख्नुहुन्छ    |   २०७४ फागुन ३० गते १४:५४

    महाभियोग लगाउनको लागि भूमिका बाँध्दैछ बुढाले ।

    7
    0
    Share

  • हरी हरी लेख्नुहुन्छ    |   २०७४ फागुन ३० गते १५:२१

    तिम्रो चाहि ेके को नाटक नि; सक्छौ राजिनामा गराउ, सक्दैनौ महाअभियोग को कोर्रा ठोक सर्वोवोच्चसँग ठट्ट नगर ओली जी

    12
    3
    Share

  • Drj लेख्नुहुन्छ    |   २०७४ फागुन ३० गते १६:१८

    न्यायपालीका लाइ कसै कसैले बन्धक बनाइदिदा निकाशको लागी व्यवस्थापिकामा आम जनताले आस गरीरहेको अवस्था !!

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this