Comments Add Comment

‘डान्स नेपाल डान्स’ रियालिटी शोको नाममा ठगी, विजेताले पाएनन् पुरस्कार

अायोजक समातिए

१ चैत्र, काठमाडौं । ‘डान्स नेपाल डान्स’ नामक टेलिभिजन रियालिटी शोका पहिलो र दोस्रो सिजनका विजेताहरुले अझै पुरस्कार नपाएको खुलेको छ ।

एक राष्ट्रिय टेलिभिजनबाट प्रशारण भएको रियालिटी शोको पहिलो सिजनमा प्रथम हुनेलाई १ लाख, दोस्रो सिजनमा साढे दुई लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई १८ हजार नगद पुरस्कारसहित विभिन्न ठाउँमा जागिर लगाइदिने बताइए पनि विजेताहरुले अहिलेसम्म पनि पुरस्कार नपाएको खुलेको हो ।

विजेताहरुलाई पुरस्कार नदिइ आयोजक सम्पर्कविहीन भएपछि उनीहरुले महानगरीय अपराध अनुसन्धान महाशाखामा उजुरी दिएका छन् ।

सोही आधारमा आयोजक भी एण्ड भाइरस डान्स एकेडेमीका सञ्चालक काठमाडौं–४, धुम्बाराहीका विक्रम अछामीलाई पक्राउ परेका छन् ।
उनलाई बुधबार बागबजारबाट पक्राउ गरी थप अनुसन्धान थालिएको हो ।

यो रियालिटी शोको पहिलो सिजन २७ जेठ ०६८ बाट र दोस्रो सिजन २६ साउन ०७३ बाट सुरु भएको थियो । प्रहरीका अनुसार पहिलो सिजनमा ३ सय जनाले कार्यक्रममा सहभागी हुन आवेदन दिएका थिए भने दोस्रो सिजनमा ४ सय जनाले आवेदन दिएका थिए ।

अनुसन्धानका क्रममा आयोजकले एसएमएस भोटिङको बहानामा लाखौं रुपैयाँ असुलेको पनि खुलेको छ ।

महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीका अनुसार पक्राउ परेका अछामीले तेस्रो सिजनको अडिसनका लागि भन्दै काठमाडौंका विभिन्न विद्यालयहरुमा फारम वितरण गरी रकम असुली गरेको समेत भेटिएको छ ।

उनले कार्यक्रम सञ्चालकका लागि पार्टनरसिप गर्ने भन्दै विभिन्न व्यक्तिसँग पनि लाखौं रुपैयाँ लिएको प्रहरीको भनाइ छ । हालसम्म १५ जना पीडित प्रहरी समक्ष पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment