+
+
Shares

गोरखामा जनता बैंकको नयाँ शाखा, बैंकासुरेन्स संझौता पनि

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २ गते ११:०२


२ चैत, काठमाडौं । जनता बैंकले चैत्र ३० गतेदेखि गोरखा जिल्लाको सुलिकोट गाउँपालिकामा नयाँ शाखाबाट कारोवार शुभारम्भ गरेको छ ।
राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा बैंक शाखा पुर्‍याउने नीतिअनुरुप यो शाखा खोलिएको हो । सुलिकोट गाउँपालिकावडा नं. ६, पाल्खुमारहेको यो बैंकको ९६औं शाखा हो ।

बि.सं. २०७२ को विनाशकारी भुकम्पको केन्द्रबिन्दु रहेको बारपाकसहित गोरखा जिल्लाको ग्रामिण क्षेत्रका साविकका ८ गाविस समेटिएर बनेको सुलिकोट गाउँपालिकाको समेत कारोवार यस शाखाबाट हुनेछ ।

यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै गाउँपालिकाका जनताहरुले यस शाखाबाट आधुनिक बैंकिङ सुविधा लिन सक्ने अपेक्षा बैंकको छ । ।

बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने उदेश्य सहित बैंकास्योरेन्स सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्राइमलाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता सम्पन्न भएको हो । उक्त संझौतामा जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापश्चात ग्राहकहरुले जनता बैंकको सबै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानीलगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?