२ चैत्र, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को करिब दुई अर्ब रुपैयाँ घोटाला प्रकरणमा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बैंकको बोर्ड बैठक बसिरहेकै वेला एपेक्स बैंकका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धितालसहित अन्य १३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैंकका सहायक महाप्रबन्धक ऋषिराज भट्टसहित अन्य उच्च अधिकारीहरू छन् ।
चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्न बाँकी रहेको बैंकले यही विषयमा छलफल गर्न शुक्रवार सञ्चालक समितिको बैठक डाँकेको थियो । संस्थापकमा रहेका एनबी समूहका लक्ष्मी बहादुर श्रेष्ठ र जीत बहादुर श्रेष्ठले हकप्रद नसकार्ने बताएपछि समाधानको लागि बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपाने लगायतले शुक्रबार नै गभर्नर डा. चिरञ्जीवि नेपाल र प्रवक्ता तथा नियमक बिभाग प्रमुख नारायण पौडेललाई समेत भटेका थिए ।
त्यही क्रममा सञ्चालक समितिमा सीआइबीले छापा मारेको थियो । राष्ट्र बैंकले नै केही दिन अघि सीआईबीलाई कारवाहीको लागि पत्राचार गरेको थियो ।
सीआईबीका अनुसार तत्कालिन एपेक्स डेभलपमेन्ट बंकले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्जका शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेर १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ घोटाला भएको छ । करिब २६ जना नक्कली ऋणि तयार पारेर पुँजी अपचलन गरिएको थियो ।
खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋण जारी गरेको थियो । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्जर भइसकेको छ ।
पक्राउ पर्नेहरुमा निम्न व्यक्तिहरु छन्ः–
सि.नं. | नाम थर | पद |
1. | विष्णु प्रसाद धिताल | तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको अध्यक्ष |
2. | ईच्छा बहादुर गुरुङ | तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक |
3. | सुवर्ण राज भण्डारी, | तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक |
4. | मधुवन लाल श्रेष्ठ | तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक |
5. | ऋषी राज भट्ट | तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको निमित्त कार्यकारी अधिकृत |
6. | दुर्गा दत्त जोशी, | तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको वरिष्ठ प्रबन्धक |
7. | रामचन्द्र बसौला | तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक |
8. | बिकास श्रेष्ठ | तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक |
9. | सागर नेउपाने | तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको लोकन्थली शाखा प्रमुख |
10. | मान ब. राउत | तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक |
11. | विनित मणि उपाध्याय | तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक |
12. | मोहन खरेल | तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको कर्जा अधिकृत |
13. | सुदिप थापा | तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक |
एपेक्सका त्यतिखेरका अध्यक्ष विष्णुप्रसाद धिताल र ब्यवस्थापनको मिलेमतोमा ऋण दूरुपयोग भएको थियो । धिताल अहिले एनसीसीमा पनि सदस्य छन् । दुई अर्ब ऋणमध्ये ४८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ ।
यसअघि २८ बैशाखमा उच्च अदालत पाटनले एपेक्स डेभलपेमन्ट बैंकको हिसाब छुुट्टै राख्न एनसीसीलाई अन्तरिम आदेश जारी गरेको थियो । एपेक्स गाभ्न राष्ट्र बैंकले नै अनुमति दिएको थियो ।
तर, खराब अवस्थामा पुगेको बैंकलाई गाभ्न दिएकै कारण एनसीसीमा थप समस्या आएको बताइएको छ ।
एनसीसी बैंकमा यसअघि पनि एनबी समूह लगायतको कारण बैंक धरासायी भएको थियो । बैंकमा राष्ट्र बैंकले व्यवस्थापन नै पठाएर सुधार गरेको थियो ।
राष्ट्र बैंकले धरासायी भएको बैंकमा अन्य कमजोर अवस्थाकै बैंक मर्ज गर्न अनुमति दिएकोमा आलोचना पनि भएको थियो । यद्यपि, नक्कली कर्जाको यो काण्ड मर्जर प्रक्रिया चलिरहँदा भएको थियो ।
प्रतिक्रिया 4