२ चैत, बुटवल । बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगिताको फाइनल शनिबार हुदैछ । शनिबार थ्री स्टार क्लब र नेपाल पुलिस क्लब शनिवार उपाधीका लागि प्रतिस्पर्धा गर्दैछन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले नेपाल पुलिस पनि सशक्त टिम भएकाले फाइनलमा कडा प्रतिस्पर्धा हुने बताए ।
दुवै टिम राम्रो प्रर्फर्मेन्स भएकाले जित कसको पोल्टामा जान्छ भन्ने कुरा फाइनलको खेलले नै देखाउने बताउँदै केसीले पाएका अवसर सदुपयोग गर्ने टिमले खेल जित्ने दावी गरे ।
नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले फाइनल खेल ५० ५० को अवसर भएको बताउदै टिम राम्रो रहेको र प्रतियोगिता आफ्नो पोल्टामा आउनेमा विश्वस्त रहेको दावी गर्छन् । उनले पुलिसमा युवा टिम आएकाले कन्पिmडेन्स राम्रो भएको समेत बताए ।
थ्रीस्टारका क्याप्टेन निराजन खड्काले खेल प्रतिस्पर्धात्मक हुने बताउँदै अवसरलाई जसले सदुपयोग गर्न सक्छ उसैले उपाधि कब्जा गर्ने बताए ।
त्यस्तै पुलिसका क्याप्टेन रविन श्रेष्ठ भन्छन् दुवै टिम उत्कृष्ट रहेकाले खेल हो जुन टिमले पनि आफनो पोल्टामा पार्नका लागि कडा मेहेनत नै गर्नुपर्छ कसैलाई सहज छैन ।’
प्रतियोगिताको विजेताले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ र उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार पाउनेछन् ।