+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मूर्तिकलाले चिटिक्क इटहरीको तालतलैया

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ५ गते ११:२४

५ चैत, इटहरी । इटहरी उपमहानगरपालिकाको वडा नम्बर २ र ३ मा पर्ने तालतलैया पर्यटकीय क्षेत्र जिल्लाको सबैभन्दा लोकप्रिय घुम्ने स्थल हो ।

२०७३ सालमा भएको अन्तर्राष्ट्रिय कार्यशालामा बनाइएका मूर्तिहरूले तालतलैयालाई पूर्वका अन्य सिमसार क्षेत्रको पर्यटनभन्दा मौलिक बनाएको पर्यटनकर्मीहरु बताउँछन् ।

गत साल नेपालसहित जापान, जर्मन, इजराइल, मलेसिया र भारतका ३३ मूर्तिकारहरुले २८ वटा मूर्तिहरु तालतलैयामा बनाएपछि यहाँका आगन्तुकहरु अघिल्ला बर्षको तुलनामा बढेको तालतलैया व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर राई बताउँछन् ।

तालतलैयाको व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर राई तालतलैया क्षेत्रमा व्यवस्थित बोटिङ, बाल उद्यान र अन्य आकर्षक आम्दानीमुलक पूर्वाधारहरू विकास गरेर आगन्तुुकहरु थप बढाउने बताउँछन् । राईका अनुसार गत वर्ष तालतलैयामा एकल घुमन्ते र पिकनिक गरेर पाँच लाख पर्यटकहरुले भ्रमण गरेका थिए ।

७६ दशमलव ४५ हेक्टर क्षेत्रफलमा फैलिएको सुन्दर, हरियाली र एकान्त तालतलैयाको २१ दशमलव ५० हेक्टर क्षेत्रफलमा भने पर्खालले घेराबारे गरिएको छ । विभिन्न ८ वटा पोखरीलाई मर्ज गरेर ६ पोखरी बनाइएको तालतलैयामा जलपरी रिक्सा भनिने जलबिहार पनि सञ्चालन रहेको छ ।

पूर्व-पश्चिम राजमार्गको इटहरी पूर्वमा रहेको जुट विकास चोकबाट ५ किलोमिटर तथा कोसी राजमार्गको इटहरी तरहारा क्षेत्रबाट ३ किलोमिटरको सडक दुरीमा तालतलैया पुगिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?