Comments Add Comment

अस्थिर रक्तचाप किन खतरनाक ? यसरी गर्ने व्यवस्थापन

अस्थिर हाइपरटेन्सन अर्थात उच्च रक्तचाप । यसको अर्थ हो, रक्तचाप सन्तुलित नरहनु । रक्तचापमा उतार-चढाव आइरहनु । जस्तो कि, बिहान रक्तचाप ११९/७६ मिलीमीटर एचजीबाट बढेर साँझमा १७०/१०४ मिलिमिटर एचजीसम्म पुग्न सक्छ । कुनैपनि कारणले हुने उच्च रक्तचापको यो क्षणिक एपिसोड एकदमै खतरनाक हुनसक्छ । यसको उपचार तत्कालै गर्नुपर्छ ।

जब रक्तचाप सामान्य नभएर उतारचढाव आइरहन्छ, त्यसको उपचार खोज्नुपर्छ । यस्तो अवस्था केही हप्तादेखि केही बर्षसम्म पनि चल्न सक्छ ।

कसरी थाहा पाउने ?

सामान्यत अस्थिर उच्च रक्तचापमा शारीरिक क्रियाको क्रममा खास लक्षण देखा नपर्न सक्छ । तर, जब यो सीमाभन्दा बाहिर जान्छ, टाउको दुख्ने, चक्कर लाग्ने, कमजोरी अनुभव हुने समस्या देखापर्छ । यसले स्ट्रोक, हृदय रोग, हृदयघात जस्ता समस्या ल्याउन सक्छ । कतिपय अवस्थामा यसले भित्री अंगहरुको क्षति पुर्‍याउन सक्छ ।

किन हुन्छ ?

-कतिपय व्यक्तिमा अस्थिर उच्च रक्तचाप एड्रेनल ग्ल्यान्डको क्रोमाफिन कोशिकामा उत्पन्न हुने ट्युमरको कारणले हुन्छ । यस ट्युमरले गर्दा क्याटेकोलामिनसको अत्याधिक उत्पादन हुन्छ, जो उच्च रक्तचापलाई प्रेरित गर्ने शक्तिशाली हर्मोन हो । यो ट्युमरको दुर्लभ स्थिती हो । ट्युमर छ, छैन भन्ने कुरा पिसाब वा रगतको जाँचबाट गर्न सकिन्छ ।

-अस्थिर उच्च रक्तचापको कारणमा भावनात्मक प्रतिक्रिया पनि हुनसक्छ ।

-अत्याधिक सोडियमको सेवनले पनि यस्तो अवस्था ल्याउन सकन्छ । नुन, जंकफूड आदिबाट शरीरमा अतिरिक्त सोडियम पुग्छ ।

-उमेरले ६० बर्ष पार गरिसकेका कतिपय बृद्धबृद्धामा खानपानको कारण अस्थिर उच्च रक्तचाप हुनसक्छ ।

के छ त उपचार ?

यस प्रकारको उच्च रक्तचाप विभिन्न कारणले हुने गर्छ । त्यसैले परम्परागत हाइपरटेन्सनको औषधी त्यती प्रभावकारी नहुन सक्छ । चिकित्सकले प्रभाव नहुने एन्टि हाइपरटेन्सन औषधीको ठाउँमा एन्टि एंग्जायटी र अन्य तनावबाट राहत दिने औषधी सेवन गर्ने सल्लाह दिन्छन् । केहि अन्य व्यवहारिक उपायले अस्थिर हाइपरटेन्सन कम गर्न सकिन्छ ।

-नियमित एरोबिक गतिबिधि

-धुम्रपान र मदिरा सेवन छाड्ने

-यस्तो भोजन सेवन गर्ने, जसले रक्तचाप कम गर्छ ।

-स्थायी ढंगले तनाव व्यवस्थापन गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment