Comments Add Comment

पाथिभराको मनोरम दृश्यले लठ्ठिएपछि (फोटो फिचर)

१२ हजार फिट उचाइबाट देखिने थुम्काथुम्की पहाड, हिमशृङ्खला वास्तवमै मन लोभ्याउने खालका थिए । सेतो च्यादर बिच्छ्याएझै भु-सतहमा हिउँको थुप्रो थियो । सिरसिर चिसो हावाको झोक्काले पुसको कठ्यांग्रिदो चिसोलाई बिर्साइदिन्थ्यो ।

पूर्वको पवित्र तीर्थस्थल पाथिभरा जाने तीर्थालुको लस्करमा मिसिएर हामी उच्च पहाडी हावापानी साक्षातकार गरिरहेका थियौं ।

ठाडो उकालो बाटोमा दर्शनार्थीहरु उक्लदै-ओलर्दै थिए । मस्त तन्नेरी मात्र होइन, बालबालिका र बृद्धबृद्धासमेत ठसठस् कन्दै उक्लिरहेका थिए । त्यो एकलासे जंगलमा दर्शनार्थीको आउजाउले बेग्लै रौनक थपेको थियो ।

आकाशलाई छोएर लमतन्न फैलिएको हिमशृङ्खलालाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्दै हिँड्ने तन्नेरी जमात, आफ्नो तौलभन्दा गह्रौं भारी बोकेर उकाली-ओराली गरिरहेका भरियाहरुसँग भलाकुसारी गर्दै हामी टुप्पामा पुग्दा त्यहाँ दर्शनार्थीको घुँइचो लागिसकेको थियो ।

त्यसो त धार्मिक पर्यटनका लागि कहलिएको छ, पाथिभरा । धार्मिक आस्थाको धरोहर र पर्यटकीय केन्द्र पाथिभराले वर्षेन लाखौं दर्शनार्थीको धित मेट्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment