+
+
Shares

भक्तपुरमा पार्किङ गरेको बसबाट ब्याट्री र टिभी चोरियो

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ८ गते १७:११

८ चैत, काठमाडौं । भक्तपुर नगरपालिका–९ लिवालीस्थित सडकमा पार्किङ गरेर राखेको गाडीमा बिहीबार बिहान चोरी भएको छ ।

बा ५ ख २१ नम्बरको बसबाट बसको एउटा ब्याट्री, २१ ईञ्चको टिभी १ थान र क्यासेट एउटा गरी करिब ३५ हजार रुपैयाँ बराबरको सामान चोरी भएको हो ।

प्रहरीका अनुसार उक्त बसका सह–चालक रौतहट चन्द्रनिगाहपुर–२ का २३ वर्षीय बिकाश तामाङ गाडीभित्र सुतेको अबस्थामा अपरिचित ब्यक्ति बसको झ्यालबाट प्रवेश गरेर सामान लुटेका थिए ।

प्रहरीका अनुसार उनले सह–चालकलाई ढुङ्गाले हान्छु भन्दै धम्की दिएर सामान लिएर फरार भएका थिए ।

फरार चोरको खोजी कार्य जारी भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?