+
+
Shares

ठोरीवासीले मुख्यमन्त्रीसँग भनेः प्रदेश ३ मा गाभिन चाहन्छौ

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १२ गते १२:४५

१२ चैत, चितवन । पर्साको ठोरीवासीले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग ठोरीलाई प्रदेश ३ मा गाभ्न अनुरोध गरेका छन् ।

ठोरी नाकाको स्थलगत अवलोकनका लागि त्यहाँ पुगेका मुख्यमन्त्री पौडेलको स्वागत गर्दै स्थानीयवासीले ठोरीलाई प्रदेश २ बाट प्रदेश ३ मा लैजान भनेका हुन् ।

ठोरी गाउँपालिका-१ का वडाध्यक्ष रामशरण कुँवरले ठोरीलाई प्रदेश ३ मा गाभ्न पटकपटक प्रयास गरिएपनि सफल नभएको गुनासो पोखे । उनले मुख्यमन्त्री समक्ष ठोरीका जनता र जनप्रतिनिधिको भावनाको सम्मान हुनुपर्ने बताए ।

ठोरी गाविसका पूर्वअध्यक्ष उद्धव सापकोटाले लोकतन्त्रमा जनताको भावनाको सम्मान हुने भनिएपनि ठोरीका जनताको चाहाना र भावनाको अहिलेसम्म कदर नभएको दुखेसो गरे ।

मुख्यमन्त्री पौडेलले जनताको भावनाको सम्मान राज्यले गर्नुपर्ने भन्दै प्रदेश ३ का लागि पनि एक नाकाको आवश्यकता रहेको बताए ।

उनले प्रदेश ३ का लागि सबैभन्दा उपयुक्त नाका ठोरी नै हुने भन्दै प्रदेश २ सँग आवश्यक छलफल र सहमतिमा अघि बढ्ने बताए ।

‘प्रदेश आत्मनिर्भर बन्न उचित नाकाको समेत आवश्यकता पर्दछ,’मुख्यमन्त्री पौडेलले भने, ‘सरकारले एक आयोग गठन गरी सीमा हेरफेर गर्नुपर्दछ ।’

पटकपटक प्रदेश २ गाभिन पाउनुपर्ने माग गर्दै त्यहाँका स्थानीयले आन्दोलन समेत गर्दै आएका छन् ।

स्थानीय तहको निर्वाचनपछि बसेको गाँउपालिकाको पहिलो बैठकले ठोरी गाउँपालिकालाई प्रदेश ३ मा गाभिन प्रस्ताव पारित गरेको थियो ।

माओवादीका अध्यक्ष प्रचण्डले समेत ठोरी नै पुगेर यहाँका जनताको माग सम्बोधन गर्ने आश्वासन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?