+
+
Shares

पहिलो सर्किटले रोकिएन नेप्से घट्न, लगानीकर्ताले स्वेतपत्रको आश मारे

आधा करोडको कारोबार !

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १२ गते १५:१६


१ चैत, काठमाडौं । बजार खुलेको ४० मिनेटमा ३ प्रतिशतले घटेर पहिलो सर्किट ब्रेक लागेको नेप्से त्यसपछि पनि घट्न रोकिएन ।  पहिलो पटकको सर्किट ब्रेकको कारण १५ मिनेट बन्द भएको बजार घट्ने क्रम जारी रहेपछि चार प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

सरकारले स्वेत पत्र मार्फत बजारलाई सम्बोधन गर्ने अपेक्षामा लगानीकर्ताहरु रहेका भएपनि आइतबार अर्थमन्त्री डा. युवराज खतिवडाले सकारात्मक संकेत नदिएपछि बजार घटेको हो । खतिवडाले बजार घट्नु ठुलो कुरा नभएको र लगानीकर्ताहरुलाई बुझेर मात्रै लगानी गर्न आग्रह गरेको खबर सार्वजनिक भएपछि लगानीकर्ता आत्तिएका हुन् । नेप्से परिसूचक ५१ अंकले घटेर ११६८ विन्दुमा आइपुगेको छ ।

यद्यपी बजार घट्न बैंकिङ प्रणालीमा रहेको पुँजी अभाव, चुक्ता पुँजीमा वृद्धिसँगै सेयर आपुर्ति बढ्नु र लाभांश कम हुने भयको कारण बजार लोमो समयदेखि बढ्न सकेको छैन्. ।

सात दिनयताको लगातारको गिरावटसँगै नेप्से परिसूचक २०७२ पुस २२ यताकै न्युन विन्दुमा आइपुगेको हो । नेप्से दुई वर्षपछि १२ सय बिन्दु मुनि आइपुगेको हो ।

‘धेरै लगानीकर्ताहरुमा सरकार १२ सय विन्दु मुनि आउन नहुने पक्षमा रहेकोमा विश्वस्त थिए, तर अर्थमन्त्रीको विहीवारको वक्तव्यपछि लगानीकर्ताहरुमा स्वेत पत्रमा समेत बजारको सम्बोधन नहुने निश्कर्षमा पुगेका छन्,’ एक सेयर विश्लेषकले भने ।

बजार घट्दा सेयर कारोबार रकम भने बढेको छ । कारोबार रकम आधा करोड भएको छ । बजार न्युनत्तम विन्दुमा आएकोले लगानीको लागि यो अवसर बन्न सक्ने देखिन्छ । तर, प्रतिफल पाउन वा बजार वृद्धिबाट हुने लाभ लिन भने केही समय लाग्न सक्ने विश्लेषकहरु बताउछन् ।

बजार खुलेको एक घण्टा नबित्दै ३ प्रतिशतले बजार घटेमा १५ मिनेटको लागि सर्किट ब्रेक लगाइने गरिन्छ । त्यसपछि पनि दुई घण्टा नबित्दै बजार चार प्रतिशतसम्म घटे बजारमा दोस्रो सर्किट ब्रेक लाग्छ । र, आधा घण्टाको लागि बजार बन्द हुन्छ । यदी कारोबार बन्द हुनु अगावै जुनसुकै समयमा बजार पाँच प्रतिशतले घटेमा त्यो दिनभरको कारोबार नै बन्द हुन्छ ।

याे पनि हेराैंः

 हाम्रो सेयर बजार निर्जीव हो, सरकारले इन्जिनको काम गर्नुपर्छः फोरम

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?