+
+
Shares

हाम्रो सेयर बजार निर्जीव हो, सरकारले इन्जिनको काम गर्नुपर्छः फोरम

लगानीकर्ताहरु आन्दोलनमा जाने !

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १२ गते १५:४३


१२ चैत, काठमाडौं । अर्थमन्त्रीको भनाई आएसँगै सेयर बजार पुनः ओरालो लागे भन्दै सेयर लगानीकर्ताहरु आन्दोलनमा जाने भएका छन् ।
‘अर्थमन्त्रीजस्तो व्यक्तिले सेयर बजार आफै बढ्छ, आफै घट्छ भन्न मिल्दैन । किनभने हाम्रो बजार निर्जीव छ,’ नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलले भने ।

बजार निर्जीव भएकोले यसलाई गति दिने काम या त बाढि जस्ता विपत्तीले दिने या त सरकारले संयन्त्रहरु बनाएर इन्जिनको काम गराउनु पर्ने फोरमको धारणा छ । लगानीकर्ताहरु उठ्न नसक्ने गरि थला परेमा बजार बौरिन निकै समय लाग्ने भएकोले लगानीकर्ताको मनोविज्ञानमा ठेस लगाउन नहुने लगानी संघहरुले बताउदै आएका छन् ।

सेयर बजार माग र आपुर्तिमा आधारित हुने बजार भएपनि सट्टेबाजी प्रयोजनको लागि लगानी गर्ने परिपाटी हावी हुँदा बजार तीव्र दरमा घटबढ हुने गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले विराटनगरमा सम्बोधनको क्रममा सेयर बजारलाई सरकारले नचलाउने आफै गतिमा बहन दिने बताएका समाचार सार्वजनिक भएको थियो । यससँगै सोमबार बजार एकै दिन ४ प्रतिशत (५१ अंक) ले घटेको छ । केपी शर्मा ओली सरकारमा आएपछि नेप्सेमा पहिलो पटक सर्किट ब्रेक नै लगाउनु परेको थियो ।

सोमबार पहिलोसर्किट ब्रेकको कारण १५ मिनेट बन्द भएको बजार घट्ने क्रम जारी रहेपछि चार प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । नेप्से परिसूचक २०७२ पुस २२ यताकै न्युन विन्दुमा आइपुगेको हो । नेप्से दुई वर्षपछि १२ सय बिन्दु मुनि आइपुगेको हो ।

हाल बजारमा सेयरको आपुर्ति उच्च रहेको, बैंकहरुसँग कर्जा योग्य पुँजी अभाव रहेको, ब्याजदर बढेको कारण बजार घट्दो क्रममा रहेको छ । बैंकहरुको चुक्ता पुँजी राष्ट्र बैंकले तोके अनुसार पुगेकोले आगामी दिनमा के कस्तो प्रतिफल प्राप्त हुने हो भन्ने अन्योलमा लगानीकर्ता रहेका छन् । आधारभुत पक्ष नकारात्मक भइरहँदा बेलाबेलामा सरकार तथा अन्य पक्षबाट सार्वजनिक हुने गरेका धारणहरुले पनि बजार घट्न थप मदत पुगेको छ ।

सेयर बजार उकास्न अनलाइनबाट सेयर कारोबार गर्न सक्ने व्यवस्था हुनुपर्ने, ब्रोकर कम्पनीहरुले पनि कर्जा दिने सुविधा हुनुपर्ने, बैंकहरुलाई पनि ब्रोकरको अनुमति दिनुपर्ने, गैर आवासिय नेपाली भित्र्याउने, बजारमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष जस्ता संस्थागत लगानीकर्ता ल्याउनु पर्ने भएपनि यी काम बर्षौदेखि पुरा हुन सकेका छैनन् ।

त्यस्तै, बजार उच्च दरमा घटेकोले बैंकले सेयर कर्जा दिदा जोखमको रुपमा राख्नु पर्ने प्रावधान घटाउनु पर्ने, सेयर धितोमा दिने कर्जा सीमा (लो टु भ्यालु रेसियो) बढाउनु पर्ने लगायतको माग पनि लगानीकर्ताहरुले राख्न थालेका छन् ।

फोरमले सोमबार पाँच बजे पत्रकार सम्मेलन गरेर सरकारको आधिकारिक धारण माग गर्ने तयारी गरेको छ । माग सम्बोधन नभए आन्दोलनमा जाने समेत फोरकको योजना छ ।

याे पनि हेराैंः 

पहिलो सर्किटले रोकिएन नेप्से घट्न, लगानीकर्ताले स्वेतपत्रको आश मारे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?