Comments Add Comment

प्रहरीले नै लुटे तस्करीको सुन !

फाइल फोटो

१३ चैत, काठमाडौं । काठमाडौं प्रहरी परिसर मातहतको महानगरीय प्रहरी वृत्त, गौशालाका दुई जना प्रहरी तस्करीको सुन लुटेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रहरी हवल्दार विश्वराज कुसुवा र प्रहरी जवान विष्णुबहादुर आले छन् ।

उनीहरु गस्ती टोलीमा खटिएका थिए । तस्करीको दुई वटा सुनको बाला लुटेको आरोपमा उनीहरुलाई सोमबार गौशाला बृत्तले पक्राउ गरी परिसरमा बुझाएको हो ।

काठमाडौं प्रहरी परिसर  र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुले सुन लुटपाट गरेको सुराकी पाएपछि वृत्तलाई खबर गरेको थियो । र, सीसी टिभी फुटेजको आधारमा उनीहरु पक्राउ परेका हुन् ।

‘पीडितले आफ्ना एक जना नजिकका व्यक्तिलाई सुन लुटिएको बताएपछि उनी काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखासम्म पुगेका थिए’, प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि वृत्तले बयान र सोधपुछ अघि बढाएको थियो ।’

वृत्तले दुवै जनालाई जागिरबाटै बरखास्त गर्न परिसर समक्ष सिफारिस गरेको स्रोतको भनाइ छ ।

सुन मालिकको खोजी भइरहेको छ भने थप अनुसन्धान जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment