१३ चैत, काठमाडौं । गीत चोरीको आरोप लागेपछि नायक अनमोल केसीद्वारा अभिनित चलचित्र ‘कृ’ का निर्मातासुवास गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
‘उकालीमा अघिअघि ओरालीमा पछिपछि’ बोलको गीत चोरेर चलचित्रमा समावेश गरेको भन्दै जाहेरीको आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गिरीलार्इ नियन्त्रणमा लिएको हो ।
‘सम्झना’ फिल्मका निर्माता शम्भु प्रधानले जाहेरी दिएका थिए ।
यसबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । ‘प्रतिलिपि अधिकारसँग सम्बन्धित विषय हो’, उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4