+
+
Shares

एक केजी अफिमसहित समातिए युवक

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १४ गते १२:४४

१४ चैत, काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले १ केजी ४ सय ग्राम लागूऔषध अफिमसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको गुर्जधारा, बलम्बु बस्ने २९ वर्षीय रामबहादुर तामाङ छन् ।

उनलाई मंगलबार विशेष सूचनाको आधारमा बल्खुबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ । तामाङ लामो समयदेखि लागूऔषध अफिमको कारोबारमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको ब्यूरोले जनाएको छ ।

यसैबीच, ब्यूरोबाट खटिएको टोलीले नाइट्राजिपाम ट्याब्लेट ६ सय ८३ थानसहित उदयपुको त्रियुवाका १९ वर्षीय पवन विश्वकर्मालाई पक्राउ गरेको छ ।

उनलार्य काटेश्वरको महादेवस्थलबाट पक्राउ गरी थप अनुसन्धान थालिएको जनाइएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले विगत लामो समयदेखि नेपाल–भारत सीमाबाट नियन्त्रित लागूऔषध कारोबार गरिरहेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?