१४ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कप्तानगञ्ज, सुनसरीका दुई प्रहरी जवान घुस लिँदालिँदै पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्रहरी जवान ठाकुर खत्री र नविन खड्का छन् । उनीहरुले भारतीय नम्बर प्लेटको गाडी छुटाइ दिने भन्दै घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीमा उजुरी परेको थियो ।
सोही आधारमा उनीहरुलाई २५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता दीर्घराज मैनालीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4