Comments Add Comment

यसरी गरौं ५ मिनेटमै मेकअपः पार्लर धाइरहनु पर्दैन

कुन महिला त्यस्ती होलिन् जसमा मेकअप गरेर आफ्नो सौन्दर्यमा निखार ल्याउने तथा प्रशंसा बटुल्ने चाहना नहोस् । कमकाजी होऊन् वा गृहिणी, कम समयमै मेकअप गर्न चाहन्छन्, प्राकृतिक मेकअप । यहाँ ५ मिनेटमै कसरी मेकअप गर्न सकिन्छ त भनेर बताइएको छ, जसलाई गर्न सजिलो समेत छ ।

पाउडर

पाउडरको तुलनामा क्रिम आइस्याडो तथा क्रिम ब्लस अनले आँखा र गालाको छाला बढी सुख्खा देखिने बनाउँछ । केही समयपछि आँखाको छालामा सुख्खा धब्बा एवं गालामा चाउरी देखाइदिनसक्छ । यस्तोमा लाइट पाउडर एवं पाउडर ब्लसअन प्रयोग गर्नु राम्रो हुन्छ ।

फाउन्डेसन

छालासँग म्याच गर्ने फाउन्डेसन प्रयोग गर्नुपर्छ । मेकअपको बेस ठीक भयो भने मेकअप प्राकृतिक देखिन्छ । बजारमा केक लिक्विड एवं पाउडर फाउन्डेसन उपलब्ध छन् । घाममा धेरै बस्नुपर्ने छ भने एसपीएफयुक्त फाउन्डेसन प्रयोग गर्नुपर्छ । यसो गर्दा छालालाई घामले बिगार्न पाउँदैन । पाउडर फाउन्डेसनमा हाइड्रेटिङ वा लिक्विड फाउन्डेसनको प्रयोग गरिहेर्न सकिन्छ ।

आइ पेन्सिल

किशोरी एवं कम उमेरका महिलाहरूले आइलाइनर लगाउने चाहना छैन भने कलरफुल पेन्सिल लगाउन सक्छन् । हिजोआज २ रंगको आइ पेन्सिल लगाउने चलन पनि छ ।

स्पेसल लिप कलर

अनुहारमा तुरुन्त तरोताजगी ल्याउनका लागि लिपस्टिकको रंग फेर्नुपर्छ । नियमित नेचुरल लिपस्टिक लगाउने गरेको भए रातो, मरुनजस्ता फरक रंग लगाउन सकिन्छ । सजिलै बनाउन सकिने कुनै हेयरस्टाइल तथा रातो लिपस्टिकले लुक्स हट देखिन्छ ।

विशुद्ध ब्राउन सेड्स

आफ्नो आँखामा ब्राउन आइस्याडो मात्रै लगाउन मन लाग्छ र यसै गरिआइएको छ भने एक पटक मनलाई बुझाइहेरौं र यसको प्रयोग नगरौं । यो शेडमा पहेंलो वा रातो रंगको केही अंश हुन्छ तसर्थ यसको प्रयोगले आँखा थकित थकितजस्तो देखिन्छ । बरु आँखामा विशुद्ध ब्राउन शेड लगाउनुपर्छ यसबाट लुक्स प्राकृतिक देखिन्छ ।

ठाउँअनुसार मेकअप गरौं

-अफिस जाँदा मेकअप हलुका तथा तरोताजा देखिनुपर्छ । यसका लागि हल्का फाउन्डेसन प्रयोग गर्न सकिन्छ । यसका साथै आँखाको मेकअप गर्नका लागि ब्ल्याक पेन्सिल एवं मस्कारा प्रयोग गर्नुपर्छ । पीच वा अरेन्ज कलरको लिपस्टिक प्रयोग गर्नु राम्रो हुन्छ । अफिसका लागि कमभन्दा कम मेकअप गर्नु राम्रो हुन्छ ।

-पार्टी मेकअपका लागि लिपस्टिक तथा आखाको डिटेलिङमा ध्यान दिनु आवश्यक छ । गर्मी मौसममा बेलुकाको पार्टीमा जानु छ भने लिक्विड वा वाटरप्रुफ मेकअप गर्नु राम्रो हुन्छ । अनुहारमा कम्प्याक पाउडर ब्लसर लगाउनुपर्छ । यसका साथै आँखामा आइलाइनर नलगाई क्रिमबेस्ड आइस्याडो लगाउनुपर्छ । परेला चम्काउनका लागि क्यास्टर आयल प्रयोग गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment