Comments Add Comment

पर्सामा १० बर्षीया बालिका बलात्कार

१४ चैत, वीरगञ्ज । पर्सामा फेरि अर्की बालिका बलात्कारको घटना सार्वजनिक भएको छ । पर्साको बहुदरमाई नगरपालिकामा १० वर्षीयान बालिकामाथि बलात्कार भएको हो ।

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका-५ का २३ वर्षीय मणीभुषण पाण्डेलाई पक्राउ गरेको छ ।

स्कुलबाट घर फर्किएर बाख्रा लिन जाँदा बालिकामाथि बालात्कार भएको थियो । पाण्डेले बाख्रा आˆनो घरमा बाँधेर राखि बालिकालाई फुकाएर लान भनेर बोलाएका थिए ।

घरभित्र बाख्रा फुकाउन जाँदा ढोका थुनेर बालिकालाई बलात्कार गरेका हुन् । बालिका चिच्याएको आवाज सुनेर स्थानीय महिलाहरु घटना स्थलमा पुगेर बालिकाको उद्दार गरेर प्रहरीलाई खबर गरेका थिए ।

त्यहाँबाट भागेका पाण्डेलाई डकैला प्रहरीले पक्राउ गरेको र पीडित बालिकाको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ परिक्षण गरिएको पर्सा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

एक महिनाभित्र पर्साको पटेर्वा सुगौली गाउँपालिका र पर्सागढी नगरपालिमा समेत गरी ३ जना बालिकामाथि बलात्कारको घटना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment