+
+
Shares

एउटा देश जहाँ मान्छेभन्दा सुँगुर दोब्बर छन्

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १६ गते १०:२७


युरोपेली देश डेनमार्कमा मान्छेभन्दा सुँगुरको संख्या दोब्बर बढी पुगेको छ ।

युरोस्टाटको रिपोर्ट अनुसार डेनमार्कमा हरेक १ सय जना मानिसको तुलनामा २ सय १५ वटा सुँगुर छन् ।

युरोपमा मानिसको अनुपातमा सुँगुर र मानिसको अनुपात बढी भएको दोश्रो देश नेदरल्याण्ड हो । नेदरल्याण्डमा हरेक १ सय मानिसका लागि ७० वटा सुँगुर रहेका छन् ।

त्यस्तै स्पेनमा हरेक १ सय मानिसका लागि ६३ वटा सुँगुर र बेल्जियममा हरेक १ सय जना मानिसका लागि ५४ वटा सुँगुर रहेका छन् ।

युरोपियन तथ्यांक एजेन्सी युरोस्टाटका अनुसार युरोपियन युनियनका सबै देशमा गरी मानिसको जनसंख्या १५ करोड छ भने सुँगुरको जनसंख्या ८ करोड ९० लाख छ ।

युरोपेली युनियनका देशहरुमा रहेका ८ करोड ९० लाख सुँगुरमध्ये ४० प्रतिशत स्पेन र जर्मनी गरी दुई देशमा रहेका छन् । त्यस्तै फ्रान्स, डेनमार्क, नेदरल्याण्ड र पोल्याण्डमा पनि सुँगुरको संख्या उच्च छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?