Comments Add Comment

‘लिलिबिली’को टुरमा दर्शकको भीड, हलमा के होला ?


अहिले चलचित्रको प्रचारका लागि मोफसलमा कन्सर्ट गर्ने लहर नै चलेको छ । यस्ता खालका प्रचारले चलचित्रलाई फाइदा पनि पुगेको छ । दर्शकसँग कलाकार प्रत्यक्ष जोडिने भएकाले पनि हलमा दर्शक आउने अपेक्षा गरिन्छ । यस्ता टुर गरिएका चलचित्र हेर्न दर्शक हलमा आएका पनि छन् ।

चैत्र ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लिलिबिली’ले पनि मोफसलका विभिन्न स्थानमा कन्सर्ट गरेको छ । चितवनबाट सुरु भएको कन्सर्ट पूर्वका विभिन्न शहरमा पुगेर सकिएको छ । चितवन, दमक, धरान, विर्तामोडमा गरिएको कन्सर्टमा दर्शकको उपस्थिती बाक्लो देखियो ।

यूवापुस्तामा राम्रो फ्यान बटुल्न सफल चलचित्रका मुख्य नायक प्रदिप खड्कालाई हेर्न दर्शकको भीड लाग्यो । यो टुरमा प्रदिपको साथमा नायिका जसिता गुरुङ, निर्देशक मिलन चाम्स, निर्माता सुदिप खड्का, नेपाल आइडलका गायक प्रताप दास, गायक एसडी योगी र गायिका मेचु धिमाल सहभागी थिए ।

मोफसलको प्रचार सफल भएको भन्दै अब काठमाण्डौबाट नै प्रचारलाई आक्रामक बनाउने योजना यसको निर्माणपक्षको छ । चलचित्रमा प्रदिप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

गोविन्द शाही, सुदिप खड्का, मिलन चाम्सले मिलेर बनाएको चलचित्रमा अर्जुन जीसीको सम्पादन, चन्द्र पन्तको एक्सन, सुदिप बरालको छायांकन छ । चलचित्रलाई स्कटल्याण्डमा खिचिएको छ ।

 

प्रदिप र जसितासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment