+
+
Shares

कान्तिपुरमा ‘द भ्वाइस अफ नेपाल’

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १६ गते १२:०८


गायन प्रतिभा खोज्ने नयाँ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ । यो शो प्रशारणका लागि एचडी टेलिभिजन नै आवश्यक पर्ने भएकाले कान्तिपुरलाई रोजिएको हो ।

एएनसी प्रोडक्शन एजेन्सीले निर्माण गर्ने यस रियालिटी शोलाई लक्ष्मण पौडेलले निर्देशन गर्दैछन् । असारबाट प्रशारण हुने भनिएतापनि विश्वकप फुटबलका कारण यो शो साउनबाट प्रशारण हुने भएको हो ।

फिरोज तिमिल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहेको यो शोको होस्ट सुशिल नेपालले गर्दैछन् । शोको निर्णायकको रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल, अबया सुब्बा छन् । यो शोको विजेतालाई ‘द भ्वाइस अफ नेशन’ घोषणा गरिनेछ । विजेताले २५ लाख नगद, नयाँ कार, २० लाख बराबरको भिडियो एल्बम तथा विदेश भ्रमणको अवसर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?